NRNA मलेसिया र नेपाली दूतावास संगको भेटघाट तथा परिच्यात्मक कार्यक्रम सम्पन्न ।

क्वालालम्पुर (मलेसिया):= केही समय अगाडी सम्पन्न भएको गैर आवासीय नेपाली संघ, (NRNA) मलेसियाको छैठौं अधिवेशबाट चयन भएको नयाँ कार्य समितिले मंगलबार मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेसंग नेपाली राजदुताबासको सभा कक्षमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

भेटमा नव निर्वाचित समितिको जानकारी पत्र गैर आवासीय नेपाली संघ, मलेसियाका नव निर्वाचित अध्यक्ष हरि भट्टराईले राजदुत पण्डेलाई बुझाएका थिए।’हामीले राजदुतसँगको भेटमा नेपालको पर्यटनका लागि प्रचार गर्न , टेवा पुर्याउन मलेसियाबाट के-के गर्नुपर्ने विभिन्न कुराहरू त्यहाँ राखेका छौं,’ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराइले भने । एनआरएनए मलेसियाले मलेसियाको पर्यटन हबहरुमा नेपाल सम्बन्धि जानकारी राख्ने र मलेसियनहरुलाई घुम्नका लागि अभिप्रेरित गर्ने कार्यक्रम दुतावाससँग मिलेर ल्याउने भट्टराईले बताए।

त्यसका साथै एनआरएनए मलेसियाले दशैंका लागि घर आउन लागेका नेपाली कामदारहरुले टिकट नपाएको भन्दै राजदुत पाण्डेको ध्यानाकर्षण गराएका थिए। अहिले मलेसियाबाट नेपाल आउन टिकट अभाव छ ।टिकटकै मुल्य ५० हजारभन्दा बढी नाघेपछि सहजीकरण गर्न एनआरएनए मलेसियाले दुतावासको ध्यानाकर्षण गराएको छ ।साथै दुतावाससंग हरेक कार्यमा समन्वय र सहकार्य गर्न तत्पर रहेको र नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गैर आवासीय नेपाली संघ, मलेसियाले भरपुर प्रयास गर्ने अध्यक्ष भट्टराईले प्रतिबद्धता जाहेर गरेका थिए।

भेटमा नव निर्वाचित समितिलाई शुभकामना दिदै राजदुत पाण्डेले दुतावासको तर्फबाट नेपाल एयरलाइन्स र मालिन्डो एयरलाइन्सलगायतसंग घर फिर्ती कार्यक्रमबाट नेपाल फर्कने नेपालीहरुको लागि हवाई टिकटको सहुलियतरुपमा सुबिधा दिन प्रस्ताव गरेपनि एयरलाइन्सहरुको प्राविधिक कारणबस अस्वीकार भएको जनाकारी गराए। उक्त भेटमा मलेसियाका लागि नव नियुक्त सहायक राजदुत मोतिराम श्रीस मगरलाई कार्यक्रममा उपस्थित पदाधिकारीहरुले खाँदा ओढाई स्वागत गरेका थिए ।