क्वालालम्पुर (मलेसिया):= आईतबार मलेसियाको क्वालालम्पुरमा समाजवादी पार्टी नेपाल् निकट बिदेश शाखा नेपाली समाज मलेसियाको बैठक सम्पन्न भएको छ ।
संस्थापक अध्यक्ष बिरेन्द्र कुमार नेगीको अध्यक्षतामा बसेको बैठकले ईश्वर कुमार राईको संयोजकत्वमा अधिबेशन तयारी समिती समेत गठन गरिएको छ ।जसको सदस्यहरुमा बिरेन्द्र कुमार नेगी, बिपिन राई, राजेन्द्र वाईबा तामाङ, राम बहादुर तामाङ, हरि गिरी, होमेश्वर ठाकुर, भोजराज न्यौपाने र घनश्याम चौधरी उर्फ (अारएन थारु) लगायत ९ सदस्यीय समिति रहेको छ ।

हाल नेपाल सरकारको उप-प्रधान तथा स्वास्थ्य मन्त्री रहनु भएका उपेन्द्र यादव अध्यक्ष रहेको तत्कालीन संघिय समाजबादि फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको एकता भई समाजबादि पार्टि नेपाल् स्थापना पश्चात मलेसियामा बैठक पहिलो पटक बसेको थियो।
पार्टिको संगठनलाई बलियो बनाउन र नयाँ नेतृत्व चयन गर्नको लागि अधिवेशन तयारी समिती गठन गरिएको हो । समिति गठन पश्चात अब बस्ने पहिलो बैठकले अधिवेशन सम्पन्न गर्ने मिति निश्चित गर्ने संयोजक राईले जानकारी गराउनु भयो साथै राईले समाजवादी पार्टीमा आबद्ध हुन चाहने , सदस्यता लिन चाहने इच्छुक नेपालीहरुलाई आउदो् बैठक र अधिबेशनमा सहभागी हुन आह्वान समेत गर्नु भयो ।




















