चितवन := जितिया पर्व आउन अझै केहि साता बाँकी छ । थारु समुदायका जितियाको लहर सुरु भइसकेको छ । गाउँगाउँमा झम्टा गीत गाउँदै थारु चेलीहरु जितिया पर्वको स्वागत गर्दैछन् । जितिया पर्वको रौनकता बढेसंगै विकृतीहरु पनि बढ्दै गएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
जितियाको अवसरमा थारुहरुको भेषभुषा लगाएर भोजपुर र हिन्दी गीतका अडियो लगाएर नाच्ने क्रम बढ्दै गएपछि परम्परात चाडपर्व प्रति चिन्ता व्यक्त गर्न थालेका हुन । जितियामा विकृती बढ्न थालेपछि प्राइम ब्रोडकास्टीङ मिडिया प्रा.लीले युवा पुस्तालाई लक्षित गरेर आयो रे जितिया बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।
म्यूजिक भिडियोमा रोहित सिंह चौधरी र वीर चौधरीलाई विस्व पन्जियारले साथ दिनुभएको छ । हिरा चौधरीको निर्देशनमा रहेको म्यूजिक भिडियोलाई लक्ष्मण घिमिरेले छायांकन गर्नुभएको छ भने सुरेश चौधरीले भिडियोको सम्पादन गर्नुभएको हो । चितवनको सौराहा क्षेत्रमा छायांकन गरिएको गीतले दर्शकको मन जित्ने विश्वास छ।



















