गजल : अन्तरालपछि

मनको त्यो विमानबाट आयौं अन्तरालपछि 

दिलैभित्र हवाई मैदान चाहृयौं अन्तरालपछि ।

कठिन छ मैदान यो उडान तिम्ले भर्नलाई 

अनुभवी चालक कहाँ पायांै अन्तरालपछि ?

अवतरण गर्न यतै प्रतीक्षामा यान छँदा 

आकाशमा कावा कति खायौं अन्तरालपछि ?

धावन पथको दिलभित्र बिना अनुमति 

लुखुरे यान लिई कति धायांै अन्तरालपछि ?

परीक्षणमै उडानको दुर्घटित मन कठै ¤ 

मेरो दिलको राडारमा छायौं अन्तरालपछि ।