काठमाडौं । नयाँ चलचित्र ‘शिवा’–दि लिडरको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा एक्शन, लभ, कमेडी तथा सेन्टिमेन्टस्को समिश्रण पाइन्छ । कार्यक्रममा चलचित्रको पोष्टर पनि सार्वजनिक गरिएको छ । अभिनेता ज्याक श्रेष्ठ (राजु) ले निर्माण गरेको यो चलचित्र आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हिमश्री फिल्मस्को ब्यानरमा सुकराज विक र मदन खत्री निर्माता तथा सुनीता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माता छन् । रामकाजी घिमिरेको लेखन र निर्देशन रहेको चलचित्रको गीतमा बसन्त सापकोटाको संगीत, कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र राजु ढुंगानाको सम्पादन छ ।
श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने फिल्ममा किशोर खतिवडा शीर्ष भूमिकामा छन् भने उनलाई साथ दिने सञ्चिता लुइँटेल पत्रकारको भूमिकामा प्रस्तुत भएकी छन् । किशोर र सञ्चिताका साथमा ‘शिवा’मा पूर्णिमा लामा, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, देव श्रेष्ठ, सपना श्रेष्ठ, होम दवाडी, शम्भु गहतराज, निश्चल दाहाललगायत कलाकारको अभिनय छ । कार्यक्रममा ‘शिवा’लाई कलाकार उत्तम केसी, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोटिभेटर रविन कट्वाललगायतले शुभकामना व्यक्त गरेका थिए ।




















