काठमाडौं। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरिरहेको नेपाली चलचित्र ‘म’ छायांकन सुरु भएको छ । आइतबार ललितपुरको गोदावारीमा अभिनेत्रि सरिता लामीछाने र डेब्यु नायक सन्जोग रसाइलीको शट लिँदै छायांकन सुरु गरीएको हो ।
यो चलचित्रमा वरिष्ठ कलाकार तथा पाइलट विजय लामा, समर लभ नायिका रेवती क्षेत्री, मेरी मामु नायिका कुसुम गुरुङ, मारुनी नायिका रेवीका गुरुङसँगै अनिल कँडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराईलगायतको अभिनय रहनेछ । यस चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरिरहेका छन् ।
धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा अवार्ड जित्न सफल लघु चलचित्र बनाएका सेनले यसै चलचित्रबाट फिचर फिल्मको निर्देशनमा डेब्यु गरेका हुन् । उनले यसअघि दर्जनौं फिचर फिल्महरूमा मुख्य सहायक निर्देशनसमेत गरेका थिए ।
लामो समयदेखि चलचित्रका सम्पूर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो पहिलो चलचित्र हो । यो चलचित्रसँगै अबदेखि हरेक वर्ष एकेडेमीले चलचित्र निर्माण गर्ने र सम्भावना भएका विद्यार्थीलाई अवसर दिने योजना रहेको एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी गराए ।
निर्देशक परिच्छेद सेनसँगै ‘म’का सिनेम्याटोग्राफर तेञ्जीन पाल्देन, एडिटर सुविज्ञ सुन्दर श्रेष्ठलगायत अधिकांश कलाकार र टेक्निसीयनहरू एकेडेमीबाटै फिल्म निर्माण पढेका हुन् । वर्षको अन्त्यतिर प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रलाई पदम पुरीले निर्माणमा सहयोग गर्दैछन् । आफ्नै विद्यार्थी तथा अन्य कलाकार लिएर एकेडेमिले नै चलचित्र बनाउनु आफंैमा महŒवका साथ हेरिएको छ ।




















