बेइजिङ । गएको वर्षदेखि अमेरिका र चीनले एकअर्काका सामानमाथि अर्बांै डलरको आयात शुल्क लगाइसकेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनमाथि गलत व्यापारिक गतिविधि र बौद्धिक सम्पदाको चोरी गरेको आरोप लगाइरहन्छन् ।
हालै जी सेभन देशहरूको सम्मेलनमा उनले भने, ‘गत केही महिनामा चीनलाई ठूलो झड्का लागेका छ । त्यहाँ ३० लाख रोजगारी खोसिएको छ । छिटै यो संख्या बढ्ने छ ।’ यो पहिलोपटक होइन, जब ट्रम्पले व्यापार युद्धले चीनमा भएको नोक्सानबारे बयान दिएको । गएको हप्ता पनि उनले भनेका थिए, ‘उनीहरूले निकै थोरै समयमा २५ लाख रोजगारी गुमाएका छन् ।’
हाम्रो यो प्रश्नको जवाफ हृवाइट हाउस प्रेस कार्यालयले हङ्कङस्थित पत्रिका ‘साउथ चाइना मर्निङ पोष्ट’ मा प्रकाशित एक लेखको लिंकबाट दियो । यस लेखमा चीनको लगानी बैंक, चाइना इन्टरनेशनल क्यापिटल कर्प (सीआईसीसी)को हवाला दिँदै लेखिएको छ, जुलाई २०१८ देखि मे २०१९ को अवधीमा उत्पादन क्षेत्रमा व्यापार युद्धका कारण १९ लाख रोजगारी गुमेको छ । यो विषयमा ट्रम्पका प्रवक्तालाई सोधेपछि उनले सीआइसिसी सर्वेमा मेपछिको तथ्यांक समावेस नगरिएको, जब चीनको सामानमा आयात शुल्कमा निकै वृद्धि गरिएको बताए । तर यो कुराको कुनै स्पष्टीकरण दिइएन, राष्ट्रपति ट्रम्पसम्म २५ वा ३० लाखको तथ्यांक कसरी पुग्यो ।
बीबीसीले अमेरिकाको वित्त विभागसँग पनि सम्पर्क गरेको थियो, तर हालसम्म जवाफ पाइएको छैन । अमेरिका–चीन व्यापार युद्धका कारण चीनमा रोजगारी गुमेका कुनै आधिकारिक तथ्यांक छैन । तर दुईवटा चिनियाँ बैंकहरूको आर्थिक सर्वेक्षणले यसले औद्योगिक क्षेत्रमा १२ देखि १९ लाख रोजगारी प्रभावित भएको उल्लेख गरेको छ । आयत शुल्कमा वृद्धिको असर चीनको उत्पादन क्षेत्रमा परेको छ, तर रोजगारी अन्य कारणले पनि गुमेको छ ।
अमेरिकास्थित थिंक ट्यांक, पिटर्सन इस्टिट्युट अफ इन्टरनेशनल इकोनोमिक्ससँग सम्बन्धित म्यारी लभली भन्छिन्, ‘रोजगारी गुमेको गणना गर्न सकिन्छ तर, यसको कारण के हो भन्न समस्या छ । के कारणले यस्तो भयो प्रमाणित गर्न असम्भव छ ।’ चीनमा उत्पादन क्षेत्रको रोजगारीमा गिरावट पहिलादेखि नै आइरहेका छ । किनकी चीन अब सर्भिस–आधारित अर्थव्यवस्थातर्फ अगाडि बढिरहेको छ । वित्त र प्रविधिमा नयाँ रोजगारी सिर्जना भइरहेका छन् । यो परिवर्तन व्यापार युद्धभन्दा पहिला नै आइसकेको थियो । चीनको उत्पादन क्षेत्रले ती देशहरूको दबाब पनि सामना गरिरहेका छ, जहाँ सस्तो श्रम उपलब्ध छ ।
चीनको सरकारले शहरी क्षेत्रहरूमा रोजगारी बढाउन निकै ध्यान दिएको छ । बेइजिङस्थित द इकोनोमिष्ट इन्टेलिजेन्स युनिटमा चिनियाँ अर्थव्यवस्थाका विशेषज्ञ ड्यान वाङ्ग भन्छन्, ‘बन्द भएका कारखानाको धेरैजसो श्रम शहरी सेवामा खपत भइसकेको छ । साथै मानिसहरू समुद्री प्रान्तहरूबाट अनहुई, शिचुआन र हेनन जस्ता आफ्ना मुल प्रान्तमा फिर्ता भइरहेका छन्, जहाँ स्थानीय उद्योग बढिरहेका छन् ।’
विश्व बैंकका अनुसार २०१८ मा चीनमा कुल श्रम शक्ति ७८.८ करोड थियो । अथवा उत्पादन क्षेत्रमा २० लाखको अर्थ जम्मा ०.२५ प्रतिशत हो । सरकारको आधिकारि तथ्यांकअनुसार देशमा ३.८ प्रतिशत बेरोजगारी छ जो २००२ देखि हालसम्मको सबैभन्दा थोरै हो । तर, राष्ट्रपति ट्रम्पको बयान यस्तो समयमा आएको छ । जब चीनको कम्न्युष्टि पार्टी नेतृत्व रोजगारीको बजारमा निकै ध्यान दिइरहेको छ । जुलाईमा देशको सर्वोच्च निर्णय लिने संगठन पोलिटब्यूरोले रोजगारी सबैभन्दा पहिलो प्राथामिकता भएको बताएको थियो ।




















