निर्माताको पखाईमा सम्यम

काठमाडौं । नेपाली चलचित्र सायदबाट अभिनय यात्रा सुरु गरेका नायक सम्यम पुरी पछिल्लो समय चलचित्रको पर्दामा निकै कम देखिन्छन । उनले आफूले भने राम्रो चलचित्रको अफर नआएकाले दर्शक माझ आउन नसकेको बताउँछन् । 

गत शुक्रबार चलचित्र जाइराको स्पेशल शो हेर्न पुगेका सम्यमलाई सञ्चारकर्मीले तपाईंको चलचित्र कहिले आउँछ भन्दै प्रश्न तेर्साए । ‘खै राम्रो स्क्रिप्ट लिएर निर्माता कहिले आउनुहुन्छ, त्यसपछि दर्शकले देख्न पाइहाल्नुहुन्छ नि ∕’ सम्यमले भने, ‘आशा गरौं छिट्टै दर्शकमाझ आउनेछु ।’ चलचित्र सायदबाट उनले आफ्नो अभियनको जादु देखाएका थिए । त्यसैले पनि दर्शकले उनको अभिनय हेर्न आतुर रहेको प्रतिक्रिया दिएको पाइन्छ ।