काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।
बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।
प्रारम्भीक अनुसन्धानमा उनीहरु गत राति वास बस्न आएका थिए । आज दिउँसोसम्म पनि ढोका नखुलेपछि होटलवालाले प्रहरीलाई खवर गरेका थिए । ढोला खोली हेर्दा उनीहरु दुबै जना अर्धनग्न अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुवैजनाले आत्महत्या गरेको अनुमान गरिएको छ । नयाँ बसपार्क्स्थित मोरङ पर्वत धौलागिरी गेष्ट हाउसमा युवक युवतीले आत्महत्या अनुमान प्रहरीले गरेको छ ।
कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । तर, घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि भने भेटिएको छैन ।




















