लक्का जवान शुभ मुर्हूत

काठमाडौं । चलचित्र ‘लक्का जवान’को शुभ मुर्हूत गरिएको छ । हास्य कलाकार शिवहरि पौडेलको डेब्यू निर्देशन रहने यो चलचित्रको सोमबार बिहान ललितपुरको बंगलामुखी मन्दिरस्थितमा शुभ मुहूर्त गरिएसँगै बुधबार काभ्रेबाट छायांकन गरिने जानकारी दिइयो । 

चलचित्र छायांकनको पहिलो स्थान काभ्रे जिल्लाका बिभिन्न ठाउँलाई तोकिएको छ । चलचित्रको काभ्रेमा ७० र बाँकी छायांकन काठमाडौंमा हुनेछ । हास्यकलाकार किरण केसी, शिवहरि पौडेल र अभिनेता दिलिप रायमाझी कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छन् । यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयमको पनि अभिनय रहनेछ । 

यिनका अलवा चलचित्रमा प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा, अनुसुया श्रेष्ठ पन्त सुशील पोख्रेल, रमेश केसी, सबित गुरुङ, विमला गिरी, अञ्जु मर्हजन, मनिसा श्रेष्ठ, धनिराम मुस्कान, यमन श्रेष्ठ, विनोद केसी, स्वस्तिका लामिछाने, कञ्चन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठलगायतको भूमिका रहनेछ ।

सहनिर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी छन् । प्रदर्शन मिति चैत ७ गतेलाई घोषणा गरिएको चलचित्र पारिवारिक कथासँगै कमेडी जनरामा बन्ने बताइएको छ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रमा बाबुल गिरीको संगीत छ ।