गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सयौं कारण’बोलको गीतमा रामकृष्णको स्वरसँगै हरि लम्सालको संगीत छ भने प्रलाह शाहले शब्द लेखेका छन् । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।
प्रलादले यसअघि लेखेका ‘मंगली’, ‘मेरी आमा’, ‘परानै दिन्छु’ जस्ता गीत लोकप्रिय छन् । हाल अमेरिकामा रहेका गीतकार प्रहृलाद विदेशमै बसेर पनि नेपाली गीत संगीतमा आफ्ना सिर्जना दिइरहेका हुन्छन् ।
हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको म्युजिक भिडियो चाडै सार्वजनिक गर्ने तयारीमा भइरहेको छ । फराज अर्पणले तयार पारेको लिरिकल भिडियोलाई भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।




















