प्रदेश २ सरकारले दियो बकर इदमा सार्वजनिक विदा

काठमाडौं । प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

तर, प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन । 

इस्लाम धर्मावलम्बीको  महान् चाड बकरिद ९ईदुजोहा० सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सत्रबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले  धर्मअनुसार जायज मानिएका जनावरलाई (कुर्बानी) बलि दिने गर्दछन् । बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई,  अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन्  ।