तिलोचन गौतम
मलेसिया
सनबे स्थित सासा सेक्युरेटी कम्पनीमाकार्यरत जुम्लाका हरि महतरा
को कार्यस्थलनजिकै हत्याभयो । लुटेरा समुहको आक्रमणमा परेकामहतराले ज्यानगुमाउदा एक अर्का नेपालीगम्भीर घाइते भए । केहिवर्ष अघिको यो घटनाले त्यती वेला नेपालीश्रमीकविचनिक्कै चर्चाको खवर वन्यो ।
सिन्धुपाल्चोक कागोपालतामाङलाइत्यो बेलाको घटना सम्झिदाअहिले पनि‘त्राहिमाम’लाग्छ । पोर्ट केलाङमा सुरक्षा गार्डका रुपमाकार्यरत रहेकातामाङकै आँखा अगाडि बाट लुटेरा समुहले कम्पनीको लरि लुटेर लगे । बल्लतल्लज्यानबचाएकातामाङ संगै कामगर्ने एक अर्का साथीलाई भने लुटेराले कुर्सिमै बाधेर राखे। तामाङ ले त्यो घटना सम्झिदै भने ‘ती साथिलाई लुटेरा समुहले बाधेकाथिए तर हामीलाई देखेनन, हामी ले पनिप्रतिकार गर्न सकेनौ ।’त्यो बेलाप्रतिकार गरेको भएज्यानजान सक्ने तामाङ बताउछन।सुरक्षा गार्डका रुपमामलेसियामाकार्यरत रहेपनीसुरक्षागार्डहरुकै सुरक्षाको टुङो नभएको उनिहरुको गुनासो छ ।
नेपालबाट मलेसिया रोजगारीकालागिआउने मध्ये अधिकाशको रोजाइ सेक्युरेटी गार्ड नै पर्छ । ‘सजिलो काम र राम्रो दाम’भनेकै आधारमा धेरै नेपाली सुरक्षा गार्डमाकामगर्न लालयित हुन्छन । नेपालमा रहदाप्रहरी र सेनामाकाम गरेकामात्रै होइननसिभिलको पनिआकर्षण सुरक्षा सेवामा रहेको पाइन्छ् । कम्पनीको कर्कस आवाज, पसिनैसरि भएर कामगरि रहनु नपर्ने लगायतकाकारण पनि सुरक्षा गार्ड तर्फ नेपालीश्रमिकआकर्षित भएकाहुन । तर मलेसियाको ब्याप्त असुरक्षामाभने यिनी हरुपनि अछुतो रहन सकेका छैनन । अरुको सुरक्षाको आड भरोसा बन्ने हरु आफै कतिअसुरक्षित रुपमाकामगरिरहेका छ्न । मकवानपुरका राजगिरीले पनि पटक पटक गरेर निक्कै वर्ष मलेसियामा सुरक्षागार्डको रुपमाकाम गरे मलेसियामा सुरक्षा गार्डका रुपमाकामगर्नु निक्कै जोखीम रहेको अनुभव छ गिरीको ।
सुरक्षा गार्डका रुपमाकार्यरत नेपालीलाई अरु भन्दा बडि सुरक्षितश्रमिकका रुपमा हेरिए पनिउनी हरु असुरक्षित रहेको स्वयम् भुक्तभोगीहरुबताउछन । सुरक्षाको विषयमानेपाल वाट मलेसियाआउनु अघि सोचेको भन्दा फरक पाएको उनीहरुको कथन छ । जुम्लाकाउपेन्द्र न्यौपानेको अनुभवमापनिमलेसियामा सुरक्षा गार्डको काम नेपालमावताएअनुसारको रहेको छैन् । ‘यहाँआएर भोग्नेले मात्रथाह पाउछ जति नेपालकाम्यानपावरले गफ दिन्छन् ’ न्यौपानेले भने
न्यौपानेकाअनुसार मलेसियाका सेक्युरेटी गार्ड कम्पनीले आफ्नाश्रमीकलाइन्युनतम सेवा र सुविधापनिदिनचाहिरहेका छैनन्् । विरामीहुदा समेत उपचार गर्न कतिपय सेक्युरेटी कम्पनीले नाइनास्तीनै गर्ने न्यौपाने आरोप लगाउछन् ।
मलेसियाको पोर्ट केलाङ्गमा सेक्युरेटीमै कार्यरत रहेका साहित्यकार दिलिप राइ सगरलाइ समेत मलेसियाको सेक्युरेटी त्यती धेरै सुरक्षीत रहेको आभास छैन् । उनकाअनुभवमासामाजीक सुरक्षावाहेककाअन्य सेवा सुविघा समेत सुरक्षा गार्डले पाइरहेका छ्रैनन् । ३० दिनको कामगर्नु पर्ने वाध्यताअनि त्यस विचपनि छुट्टि नपाउने समस्या ।
मलेसियामा नेपाली र स्थानियवाहेक अन्य देशकानागरीकलाइ सुरक्षा गार्डका रुपमाकामगर्ने वौधानिकअधिकार छैन । मलेसिया सरकारले मलेसियन र नेपालीलाइमात्र वैधानीक रुपमा गार्डका रुपमाकामदिने गरेको छ । अवौधानीक नेपालीश्रमीकको आर्कषण पनि सुरक्षा गार्डमा नै रहेको छ । पछिल्लो समय मलेसिया सरकारले भुपु प्रहरी वा सेनालाइमात्र सुरक्षा गार्डका रुपमाश्रम स्विकृती दिदै आएको छ ।
सुरक्षा गार्डका रुपमामलेसियाआउनचाहने नेपालीले अनिवार्य रुपमातालीमलिएर आउनु पर्ने वाध्यकारी नियमलागु गरेपनिम्यानपावरले ति नेपालीलाइतालिमलिएको प्रमाणपत्र मात्रदिदै आएका छन् ।
सुरक्षामा सम्वेदनशिलताभएको भन्दै मलेसियाका सेक्युरेटी कम्पनीले उनीहरुलाइतालिमको व्यावस्था गरेर मात्रमलेसियाआउन एक किसिमको उर्दी नै जारी गरेपनिम्यानपावर कम्पनीको चतु¥याईयहाका सेक्युरेटी कम्पनीले वुझ्न सकेका छैनन् ।
मलेसियामाविनातालीम पठाइएका र भाषाको ज्ञान कमीभएकाकारणपनि सुरक्षा समस्याआउने भुक्तभोगीहरु वताउछन् ।
मलेसियाको जोहरमाकार्यरत रहेकापाँचथरकाथाकुहाङ्ग मेरीङ्ग लिम्वु पनि नेपालवाट म्यानपावर कम्पनीले गर्ने ‘काइते’कामकाकारण धेरै नेपालीले दुःखपाइरहेको स्विकार गर्छन । ६ वर्ष देखीमलेसियामाकार्यरत रहेकालिम्वु कै आधार मान्ने हो भने पनिविनाहतियारका सुरक्षागार्डले जिवनपातमा राखेर कामगरिरहेका छन् । लुटेरा समुहले आक्रमण गरिहाले प्रतिकारकालागी केहीउपायनहुने उनको तर्क छ । ‘
यसरी अरुको सुरक्षाकालागीभनेर मलेसियाआएका नेपालीश्रमीककै सुरक्षाको वारेमाचिन्तागरिदिने कोहीनहुदा समस्याआएको छ । जिफन्ट मलेसियाका संयोजक वेदकुमार खतिवडा भने सुरक्षाकालागीआएका नेपालीश्रमीकको जिउधनको सुरक्षाको ग्यारेन्टी मलेसिया सरकार र सम्वन्धितकम्पनीहुनु पर्ने माजोड दिन्छन् ।सुरक्षागार्डकै रुपमाकार्यरत नेपाली घाइते हुदाउनीहरुले पाउनु पर्ने विमादिनपनिकम्पनीहरु आलटाल गरिरहेको भने उनी स्विकार गर्छन । तर जिफन्टमा पिडित आए सहयोग गर्न सकिने उनले वताए । नेपाली सुरक्षा गार्डका सुरक्षाकावारेमाचिन्ता कस्ले गरिदिने ।




















