काठमाडौं। मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठलाई अमेरिकामा सम्मान गरिएको छ । गएको बिहीबार एक कार्यक्रमबीच अनुष्कालाई क्यालिफोर्नियास्थित हिमालयन फाउण्डेसन कर्पले सहयोग स्वरूप ३८ सय अमेरिकी डलर रकम प्रदान गरेको थियो ।
सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा विद्यमान चेलीबेटी बेचबिखन समस्या निर्मूल पार्न र त्यँहाको विकास निर्माणमा अनुष्काले सहयोग गरिरहेकाले क्यालिफोर्नियाको बे—एरियामा रहेका नेपालीबीच आयोजित अन्तक्र्रियाबाट सो रकम संकलन गरिएको हो । आयोजक हिमालयन फाउण्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए ।
कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्न लागिपरेको बताइन् । जसलाई ठूलो रकम चाहिने भएकाले आफू अभियानमा जुटेको उनले खुलाइन् ।


















