तिलोचन गौतम
क्वालालम्पुर मलेसियामा
जनउद्धार केन्द्र मलेसियाले ०३ अगस्ट २०१९ मा मलेसिया केडाहा राज्यको कुलिम सहरमा संगठन बिस्तार उदेश्यले नयाँ सम्पर्क समिति गठन गरेको छ।
केही समय अगाबै केडाहा राज्यमा श्याम तामाङ को अध्यक्षतामा क्षेत्रीय कमिटी बिस्तार गरिसकिएको भएता पनि समितिले पुर्णता पाउन सकेको थिएन । कुलिम सहरमा आयोजीत भेलामा केन्द्रका अध्यक्ष केशु थापा, उपाध्यक्ष शेर बहादुर श्रेष्ठ, सचीव शंकर देब आचार्य, कोषाध्यक्ष देबेन्द्र गिरि, सदस्य कमल खड्का, भिम पुन र सुजन थापा सहित लभ लाईन सम्पर्क समिती बाट बालकृष्ण भन्डारी र सन्दिप तामाङ सहितको उपस्थितिमा १७ सदस्य सम्पर्क समिति गठन भएको हो।
वसम्पर्क समितिको अध्यक्षमा भक्त बहादुर बुढाथोकी उपाध्यक्षमा बिकास थापा,हरिश चन्द,गणेश शर्मा,सचिबमा शंकर बस्नेत सह सचिबमा सन्जिब तामाङ ,कोषाध्यक्षमा बिकास बि. क सहित सदस्यहरुमा अरुण मन्डल,अरबिन अमात्य ,कुलमान मगर,सन्जय परियार,निराजन बिष्ट,सुवास बस्नेत ,घनश्याम श्रेष्ठ ,सल्लाहकारमा गोरा राई, रुद्र कुमार खत्री ,किरण राई निर्बिरोध चयन भएका जनउद्धार केन्द्र मलेसियाका केन्द्रिय सचीव शंकर देव आचार्यले जानकारी दिनुभयो ।



















