काठमाडौँ — अमेरिकाको ओहायो राज्यको डेटन भन्ने स्थानमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले बताएको छ । उक्त स्थानमा कसले र किन गोली प्रहार गर्यो भन्ने थाह नभएपनि धेरै हताहत भएको आशंका प्रहरीले गरेको छ । प्रहरीको अनुसार हालसम्म ९ जनाको मृत्यु भएको र १६ जना घाइते भएको पुष्टि भएको छ ।
आजै टेक्सास राज्यको एल पासो भन्ने स्थानमा गोलीबारी हुँदा २० जनाको मृत्यु हुनका साथै २६ जना घाइतेभएका थिए।
थप विवरण आउन बाँकी।



















