पुर्व उपसचिवको घरमा गोली प्रहार

काठमाडौं । पुर्व उपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको छ । 

काठमाडौं कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे गोली चलेको हो ।

गोलीले शर्माको घरको तेस्रो तलाको  झ्यालको  सिसा फुटेको छ । शर्माकी छोरी पढिरहेको कोठामा गोली झ्यालको शिशा फुटाई भित्र पसेको थियो ।

सिसा फुटेर केही चिजभित्र छिरेको आवाज आएपछि परिवारका सदस्य त्यहाँ पुगेका थिए । 

कोठामा सानो गोली फेला परेपछि प्रहरीमा खबर पुगेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले शर्माको घरमा इजाजतप्राप्त हतियार ‘टुटु’ राइफलबाट गोली चलेको बतायो । 

गोली कसले र किन चलायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ ।