मस्ती मुडमा प्रियंका—निक

मुम्बई । बलिउडकी चर्चित नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनको साथमा निकै मस्ती मुडमा देखिएकी छन् । यी दुईका कुनै पनि तस्वीर सार्वजनिक हुँदा सामाजिक सञ्जालमा निकै छरिने गर्छन् । यी दुईको कुनै पनि तस्वीर तथा भिडियो नेपालमा पनि भाइरल हुनेगर्छ ।

यसैबीच अहिले यो जोडी अमेरिकाको मियामी सिटीमा होलिडे मनाइरहेका छन् । प्रियंकाले पति निकसँग समुद्र तटमा गएर मस्ती गरेका तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन्, जुन अहिले बलिउडमा भाइरल भइरहेको छ । 

बिहे गरेको लामो समय नहुँदै यो जोडीको सम्बन्ध विच्छेद हुनसक्ने भन्ने हल्ला पनि बलिउडमा निकै थियो तर उनीहरूलाई यो हल्लाको कुनै प्रवाह नभएको देखिन्छ । उनीहरूले हल्लाको विषयमा कुनै पनि जानकार भएको या नभएको पनि खुलाएका छैनन् । यी दुईले सन् २०१८ डिसेम्बर १ मा बिहे गरेका थिए ।