कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । गत वैशाखमा सम्पन्न माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा कक्षा १२ को नतिजा सोमबार (आज) सार्वजनिक हुने भएकोछ ।

आज राष्ट्रिय परीक्षा बोर्डको बैठक पछि नतिजा प्रकाशन हुनेछ । 

बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ । 

बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो ।