आर्जनको गीतमा रिमा

काठमाडौ । गायक आर्जन पाण्डेको नयाँ गीतमा नायिका रिमा विश्वकर्माले अभिनय गरेकी छन् । यसअघिका आफ्ना अधिकांश गीतमा नायिका केकी अधिकारी अभिनय गराउँदै आएका आर्जनले यसपटक रिमालाई लिएका हुन् । 

‘घाँटीभन्दा तल…’ बोलको गीतको भिडियोमा आर्जनसँग रिमाले अभिनय गरेका छन् । बुधबार सार्वजनिक गरिएको यस गीतमा प्रतीक पौडेलको शब्द तथा संगीत छ । ‘साइन्स फिक्सन’ शैलीको उक्त भिडियोमा अभिनेताको रूपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेमभित्र प्रवेश गरेपछि विकसित भएका घटना क्रमलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । 

बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियो एस्ट्रो झोलेले निर्देशन गरेका छन् । भिडियोका छायांकार तथा सम्पादक पनि एष्ट्रो झोले नै हुन् ।

अघिल्लो वर्ष गायिका इन्दिरा जोशीसँगको युगल गीत ‘रेमिलाई…’ को सफलतापछि उत्साहित भएका गायक पाण्डेले त्यसपछि गायिका मेलिना राईसँग गरेको ‘झिमिक्कै परेली…’ लाई पनि दर्शक तथा स्रोताले मन पराएका थिए । ‘घाँटीभन्दा तल…’ गीत पप तथा ज्याज शैलीमा आधारित छ ।