अमेरिकासँग आक्रोशित इरानी जनता

तेहरान  । इरान र अमेरिकाबीच जब–जब तनाव बढ्दै गइरहेको छ । बीबीसीलाई इरानको भित्री रिपोर्ट गर्न दुर्लभ अनुमति मिल्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गएको वर्ष अमेरिकालाई इरानसँग भएको परमाणु सम्झौताबाट अलग बनाए र देशको अर्थव्यवस्था तहसनहस बनाउन प्रतिबन्ध लगाइ दिए ।

इरानीहरूमा यो कुराले निकै रिस उठेको छ । बीबीसी संवाददाता मार्टिन पेसेन्स, क्यामराम्यान निक मिलार्ड र प्रोड्युसर कारा स्विप्mट इरानको राजधानी तेहरान र धार्मिक सहर कोम पुगे, जहाँ उनीहरूले बढिरहेको तनावका विषयमा इरानीहरूसँग कुरा गरे । इरानमा बीबीसीले के कुरा रेकर्ड गर्नसक्छ भन्ने कुरा केही नियन्त्रित थियो । यहाँ सबै विदेशी सञ्चार माध्यमहरूलाई यस्तै नियन्त्रण गरिन्छ । हरेक समय सरकारका एक प्रतिनिधि बीबीसीको टिमसँगै रहे । पसिना आउने गर्मीको महिनामा पनि तपाईं इरानको राजधानी तेहरानको पछाडि सौन्दर्यको छायाँजस्तै उभिएको अलबुर्ज पहाडमा हिउँ देख्न सकिन्छ । 

तेहरानका सबैभन्दा धनी क्षेत्र त्यसै पहाडको टुप्पोमा बसेका छन् । ९० लाख मानिसहरूको जनसंख्या रहेको यस सहरको गर्मी र प्रदूषण यहाँसम्म पुग्दैन । यहाँ बस्नेहरू थोरै राहतमा रहन्छन् । सप्ताहन्तमा कोही इरानी सहरलाई पछाडि छोडेर झोला बोकेर पहाडहरूमा लामो पदयात्रामा निस्कन्छन् । तर, पहाडको सफा हावामा पनि उनीहरूलाई अमेरिकी प्रतिबन्धबाट राहत मिल्दैन । आप्mनै शैलीमा एक इरानी प्रश्न गर्छन्, ‘को हो त्यो जो पीडित छैन?’ यो प्रश्नलाई पुष्टि गर्न उनी आप्mनो बेल्टमा झुण्डिएको हाइकिंग क्लिप देखाउँदै भन्छन्, एक वर्ष पहिला यो चार गुण कम मुल्यमा पाइन्थ्यो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले २०१५ मा इरान र संसारका ६ शक्तिशाली देशहरूबीच भएको परमाणु सम्झौताबाट अमेरिकालाई गएको वर्ष अलग बनाउँदै इरानमाथि फेरि प्रतिबन्ध लगाइदिएका थिए ।

अमेरिकी राष्ट्रपतिको भनाइ थियो, ‘यो सम्झौता इरानको पक्षमा थियो र इरानलाई ब्यालेस्टिक क्षेप्यास्त्र बनाउन र मध्यपूर्वमा दबाब दिनका लागि खुला छुट दिन्थ्यो । ट्रम्प इरानमाथि सर्वाधिक दबाब दिएर उसलाई फेरि वार्ताका लागि बाध्य पार्न चाहन्छन् । धेरै मानिसहरूलाई डर छ, यस कुराले युद्ध सुरु हुनसक्छ ।’ 

इरान रिसाएको छ । इरानलाई लागेको छ, ‘अमेरिकाले उसलाई धोका दियो र अझै पनि सम्झौताको समर्थन गर्ने युरोपेली देशहरू बेलायत, फ्रान्स र जर्मनीले उसलाई एक्लै छोडिदिए ।’ 

अमेरिकाको निर्णयले इरानका ती कट्टरवादीहरूको दाबीलाई बलियो बनाएको छ जसले सधंै अमेरिकाले धोका दिन्छ भनिरहेका छन् । इरान र अमेरिका तथा बेलायतका बीच अविश्वासको खाडल निकै गहिरो छ । १९५३ मा इरानमा लोकतान्त्रिक तरिकाबाट चुनिएका प्रधानमन्त्रीको सत्ताच्युतमा यी दुई देशको हात थियो ।

पहाडमा आउने मानिसहरूका लागि एक क्याफे सञ्चालन गर्ने हादी भन्छन्, ‘हामी इरानीहरूको इतिहास निकै पुरानो छ । र हामी सधंै समस्याका अगाडि उभिएका हुन्छौँ ।’ उनी भन्छन्, ‘अमेरिकीहरूलाई लागेको थियो, प्रतिबन्धपछि इरानमा दंगा हुनेछ र इरानी सरकारका अगाडि झुक्नेबाहेक अन्य विकल्प हुनेछैन । उनले प्रतिबन्धका कारण यसको ठीक उल्टो असर भएको बताए । उनले देशभरमा उदारवादी र कट्टरवादी एकजुट भएको बताए । उनले भने, ‘हाम्रो देशमा राष्ट्रिय एकता छ, जति समस्या हुन्छ त्यति एकजुट हुन्छन् यहाँका जनताहरू ।’

पहाडबाट धेरै तल तुवाँलोमा घेरिएको तेहरानको दक्षिणी क्षेत्रमा प्रतिबन्धको सबैभन्दा धेरै असर परेको छ । त्यहाँ साँघुरा बाटा र एक घरमाथि अर्को घर बनेको भूलभुलैया जस्तो क्षेत्र छ । जहाँ इरानका मजदुरहरू बस्छन् । यहाँ मानिसहरू पहिला पनि समस्यामा थिए । गएको वर्षको प्रतिबन्धले उनीहरूको अवस्था झन् खराब भएको छ । 

दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर भएको छ । घट्दो अर्थव्यवस्थामा धेरै मानिसहरूलाई काम खोज्न र परिवारको पेट भर्न समस्या भइरहेको छ । घरखर्च चलाउन कपडा सिलाउने काम गर्ने जोहरा फरजानेह भन्छिन्, ‘मलाई थाहा छैन, हामीलाई दुःख दिएर डोनल्ड ट्रम्पले के पाएका छन् ।’ उनी दैनिक करिब २ सय ५० (नेपाली रुपैयाँ) बराबर कमाउँछिन् ।

बीबीसीको टिमले १० दिनको इरान यात्राका क्रममा जति पनि इरानीसँग कुरा गरेको थियो, सबैमा एक मत थियो । इरान–अमेरिका युद्ध हुँदैन । जबकि, यही बेला इरानले होरमुजको खाडीमा अमेरिकी ड्रोन खसालिदिएको थियो भने अमेरिकाले ओमानको खाडीमा तेल ट्यांकरमाथि भएका आक्रमणमा इरानको हात रहेको आरोप लगाउँदा तनाव बढिरहेको छ । इरानका उपविदेशमन्त्री सेख उल इसलाम भन्छन्, ‘यसको कारण के हो भने युद्ध दुवै देशको हितमा छैन । 

‘कुनै युद्ध हुने छैन, अँ यो पनि सम्भावना छ कि कसैले गल्ती गरोस् । तर, हामी युद्ध चाहँदैनौं’, उनले भने, ‘मलाई लाग्छ ट्रम्पलाई पनि थाहा छ युद्ध उनको हितमा पनि छैन । किनकि, हामीविरुद्ध युद्धको अर्थ हो अमेरिकी सैनिकहरूको मृत्यु र उनी वासिंगटन डिसीमा कुनै अन्तिम संस्कारमा भाग लिन चाहँदैनन् ।’ 

पहाडको पदयात्रामा रहेकी एक युवतीको कुराले भने चकित पारिदियो । ती युवतीलाई ट्रम्पबारे सोधिएको प्रश्नपछि उनी हाँसिन् । उनले हात उठाउँदै केही संकेत दिएकी उनले के भन्नुपर्ने हो थाहा छैन । फेरि उनले भनिन्, ‘सायद हाम्रा लागि केही राम्रो होलाकी युद्ध होस् ।’ किनभने प्रश्नको जवाफमा उनले भनिन्, ‘हुनसक्छ यसले हाम्रो देशको शासन व्यवस्था नै परिवर्तन गर्नेछ, अझ खराब हालत हुनसक्छ । तर, यसले गृहयुद्ध त सुरु हुनेछैन नि । गृहयुद्ध कसैका लागि पनि राम्रो हुँदैन ।’ 

इरान कैयौं राजनीतिक विचारधाराहरूको देश हो । त्यहाँ कट्टरपन्थी धार्मिक रूढस्वादी छन्, उदारवादी पनि छन् सायद त्यस्ता बहुसंख्यक इरानी पनि छन् जो बश आप्mनो टाउको झुकाएर बस्न चाहन्छन् । ट्रम्पलाई लाग्छ कि उनी यिनै मतभेदबाट फाइदा उठाउन सक्छन् ।

तर, के कुरा बुभ्mन गल्ती गर्नुहुँदैन भने यस देशलाई चलाउने त कट्टर राष्ट्रवादी नै हुन् । तर, जब इरानका अगाडि अमेरिका उभिन्छ, धेरैजसो इरानी, चाहे कट्टरवादी हुन वा उदारवादी, आप्mनो देशलाई पहिला हेर्छन् ।