कुवेतमा उपचाररत भागिरथ चापागाईको निधन

कुवेत । कुवेतको अल आदान अस्पतालमा अर्धचेत अवस्थामा उपचाररत भागिरथ चापागाईको निधन भएको छ । बर्दघाट नगरपालिका-१२ नवलपरासीका भागिरथ चापागाईको निधन आइतबार (हिजो)बिहान भएको बुझिएपनी ढिलो गरी घटना सार्वजनिक भएको हो ।

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका भागिरथ बिगत अढाई बर्षदेखि कुवेतको अदान अस्पतालमा उपचार गराइरहेका थिए ।

घटना भएको जानकारी पाएको तर आफू कुवेत बाहिर रहेकाले भोलि पुर्ण विवरण लिने र जानकारी गराउने नेपाली राजदुतावास कुवेतका तृतीय सचीव मनोज सिंहले बताए ।

गत २०१७ जनवरी ७ का दिन महाबुल्ला भन्ने स्थानमा बाटो काट्ने क्रममा भागिरथलाई गाडीले ठक्कर दिएको थियो । ठक्करवाट गम्भीर घाइते भएका उनको अदान अस्पतालको आइसियू कक्षमा २ महिना राखेर उपचार गरिएको थियो । एकदमै नाज़ुक अवस्थामा रहेका भागिरथ सोही अस्पतालमा उपचार गराइरहेका थिए ।

चापागाईको स्वदेश फिर्तिको लागी लुम्बिनी समाज नेपाल कुवेतले सहयोग अभियान चलाएको थियो । उक्त अभियानबाट ४ हजार केडि भन्दा बढी रकम संकलन भएको थियो । यद्यपी समाज र दूतावासको अथक प्रयासबाट पनि उनलाई स्वदेश फर्काउन सकेको थिएन ।

मृतक भागिरथको शव कुवेत फ्रान्सिस साइन्समा राखिएको दूतावास श्रोतले जानकारी दिएको छ ।