विदेशबाट फर्किएका ६ उद्यमीलाई सम्मान

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर उद्योग व्यवसायमा स्वदेशमै उद्योग व्यवसाय सञ्चालन गर्ने ६ जना उद्यमीलाई सरकारले नगदसहित सम्मान गरेको छ । आइतबार एक कार्यक्रमबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको हो । उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण बिष्ट यस वर्षको उत्कृष्ट उद्यमी पुरस्कार नवराज पौड्याललाई एक लाख प्रदान गरेका थिए ।पौड्यालले दुवईमा काम गरेर नेपाल फर्किएर कान्तिपूर पोल्ट्री व्रिडिड फर्म सञ्चालन गर्दै आएका छन् । उनीसहित करिब ५ वर्ष दक्षिण कोरिया बसेर आएका झापामा डायमण्ड स्टिल उद्योगका सञ्चाल दीपक चापागाई, युएइबाट आएर  मैत्री मंगल अर्गानिक कृषि फर्म संचालन गर्दै आएका निरबहादुर राउत, कोरियाबाट फर्किएर फिटवेल गार्मेन्ट उद्योग संचालन गर्दै आएका मनोजकुमार भारती, युएईबाट फर्किएर राम लक्ष्मण कृषि फर्म सञ्चालन गरिरहेकी शर्मिला अधिकारी तथा कोरियाबाट फर्किएर आलोक गार्मेन्ट उद्योग गरिरहेका त्रिलोक पनेरुले उद्यमी राष्ट्रिय पुरस्कारसहित नगद ५० प्राप्त गरेका छन् । मन्त्री विष्टले रोजगारी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार लागिपरेको बताए । सम्मानितहरुले सरकारले  स्वदेशमै उद्यमशिलताको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । सो अवसरमा सचिव महेशप्रसाद दाहालले पुरस्कृतले अरुलाई सिकाउनुपर्ने र उद्यमको सुरुवात निक्षी क्षेत्रबाटै हुने बताए । रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, आयात प्रतिस्थापन, तथा सामाजिक उत्तरदायित्व र योगदानको आधारमा उत्कृष्ट पुरस्कार घोषणा गरेको मन्त्रालयले जनाएको छ ।