मुम्बई (एजेन्सी)। साउथ सुपरस्टार प्रभाससँग बलिउड चलचित्र ‘साहो’मा रोमान्स गरेकी श्रद्धा कपुरको नेपाली युवक रोहन श्रेष्ठसँगको प्रेमको बिषयले नेपाली सिनेवृत्त पनि थप चर्चामा छ ।
रोहन र श्रद्धाको प्रेम केही समयअघि उच्च उत्कर्षमा पुगेर पछि सेलाएको थियो । कुनैबेला श्रद्धा र रोहनको विवाह हुने सम्भावनाले बलिउडसँगै नेपाली सिने क्षेत्र पनि निकै तातेको थियो । पछि श्रद्धाका बुबा शक्ति कपुरलगायत अन्य उनका पारिवारिक स्रोतले यस कुराको खण्डन गरेपछि विवाह हुने चर्चा सेलाएको थियो । शक्ति कपुरले उक्त कुरालाई अस्विकार गर्दै श्रद्धाले अझैं ४÷५ वर्ष विवाह गर्ने कुनै चाहना नराखेको बताएका छन् । यतिबेला फेरि रोहन र श्रद्धाको विवाहको सम्भावना उच्च रहेको खबर सार्वजनिक भएको छ । अर्को अंग्रेजी वर्षमा उनीहरूको विवाह हुने बताइएको छ ।
भारतका मिडियामा उल्लेख गरेअनुसार श्रद्धा लामो समयदेखि रोहनसँग रिलेनशिपमा रहेको र विवाहसमेत गर्ने सुरसारमा छिन् । स्रोतका अनुसार श्रद्धा र रोहन सन् २०२० को कुनै महिना छानेर विवाह बन्धनमा बाँधिँदैछन् । नेपालका छोरा रोहन श्रेष्ठ बलिउडका स्थापित फोटोग्राफर हुन् । रोहनले बलिउडका प्रायः सबै सेलिब्रेटीको फोटोसेसन गरिसकेका छन् । रोहन बुबा राकेश श्रेष्ठ पनि बलिउडका स्थापित फोटोग्राफर हुन् ।



















