सप्तरी । नदीमा पानीको वहाव बढ्दै गएतापनि भारतले कोशी व्यारेजको ६ ढोका बन्द गरेको छ ।
कोशी बाँध फुट्ने खतराबढेपछि शनिबार मध्यरातमा व्यारेजको सबै (५६ वटै) ढोका खोलिएको थियो । व्यारेजको सबै ढोका खोल्दा विहारका केही ठाउँ जलमग्न भएपछि भारतले फेरि ६ ढोका बन्द गरेको हो । भारतले विहार जोगाउन ब्यारेकको ६ ढोका बन्द गर्दा त्यसबाट नेपालतर्फका बस्ती भने डुबानको खतरामा परेको छ ।
कोशी नदीमा वहाव प्रतिसेकेण्ड ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको व्यारेजले जनाएको छ । नदीमा पानीको वहाव अत्यधिक मात्रामा बढेपछि त्यस आपसपासका बासिन्दा त्रसित भएका छन् ।
यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् । पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ ।




















