झमककुमारीको लागि निर्माण गरिएको घर अन्तिम चरणमा

काठमाडौं ।  साहित्यकार झमककुमारी घिमिरेको लागि सरकारले बनाइदिने भनिएको घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटार स्थित भदौंको अन्तिमसम्म सक्ने ठेकदारको भनाइ छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडी घिमिरेको लागि घर बनाइदिने निर्णय गरेका थिए । प्रधानमन्त्री कोषबाट ३ करोड लगानीमा  कागेश्वरी नगरपालिकामा पशुपति विकास कोषको १२ आना जग्गामा घर निर्माण गरिएको ठेकेदार दिनेश खड्काले जानकारी दिए ।  

उनका अनुसार घर अपाङ्गमैत्री बनेको छ । ३ तल्लाको घरमा ४ वटा कोठा मात्र छ । बाँकी फराकिला बैठक कोठा जस्तो बनाइएको छ । बाथ्ररुम देखि लिएर अन्य स्थानमा ह्ुवलचियर जान मिल्ने गरि घर निर्माण गरिएको छ । 

उनि भन्छन्  हाल सम्म निर्माणको लागि १ करोड ३० लाखको हाराहारीमा लगानी भएको छ । घर निर्माणको अन्तिम तयारी सम्म २ करोड ५० लाखमा लागत लाग्न सक्ने अनुमान गरिएको छ ।  

कोठमा भन्दा पनि खुल्ला स्थान राखेर उक्त घर बनाइएको छ । एक स्थानबाट अर्काे स्थान र बाथ्ररुम सम्म ह्ुवलचियर  लान मिल्ने गरि घर निर्माण गरिएको उनले बताए । 

उनले भने भदौंको अन्तसम्म निर्माण काम सकेर असोजमा सरकारलाई बुझाउने तयारी छ । सरकारले मंसिरमा औपचारिक कार्यक्रम गरि झमककुमारीलाई हस्तान्तरण गर्ने योजना रहेको छ । दैनिक १२ जना भन्दा बढिले काम गरिरहेको हुँदा भदौंको अन्तिमा सकिने विश्वास रहेको बताए ।