दार्चुला । महाकाली नगरपालिका–४ खलंगा बजारको एक होटलमा दाइ बहिनी नाता पर्ने एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन् ।
शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल दार्चुला सदरमुकास्थित विष्ट बियर बारको एक कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनीहरु सोमबार मात्रै जिल्ला सदरमुकाम आएका र बेलुकीको खाना खाएर ८ बजेको समयमा कोठामा सुत्न गएको बुझिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




















