मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री ईशा गुप्ताले आफूलाई एक होटल मालिकले दुव्र्यवहार गरेको बताएकी छिन् । उनी अभिनित नयाँ फिल्म ‘वन डे जस्टिस डेलिभर’ प्रदर्शनमा आएको छ । ईशा आफ्नो नयाँ फिल्मको खुसियाली मनाउन साथीहरूसँग होटल पुगेकी थिइन् । तर, उनलाई होटलको मालिकले दुव्र्यवहार गरेको वेब दुनियाँले उल्लेख गरेको छ ।
ईशाले सामाजिक सञ्जालमार्फत होटल मालिकले आफूमाथि दुव्र्यवहार गरेको खुलासा गरेकी हुन् । होटलको मालिक रोहित विजको नाम लिँदै गुप्ताले भनेकी छिन्, ‘सेक्युरिटी गार्ड हुँदाहुँदै पनि म आफूलाई असुरक्षित महसुस गरिरहेकी थिएँ ।’
ईशालाई लागेको थियो कि रोहितले उनको बलात्कार नै गर्छन् । उनले ट्वीटरमा लेखेकी छिन् ‘जब म जस्ता महिला त असुरक्षित महसुस गर्छन् भने थाहा छैन आम युवतीहरूको झन् के हाल हुन्छ होला । रोहितलाई सजाय दिनैपर्छ,’ उनले थप्दै भनिन्, ‘रोहित विजजस्तो पुरुषले गर्दा महिलाहरू आफूलाई एकदम असुरक्षित महसुस गरिरहेका छन् । तिमी मलाई नराम्रो नजरले घुरिरहेको थियौ ।’




















