बझाङ । घरमा उज्यालोको सुबिधा र बालबालिकाको पढाईमा सुधार गर्नका लागी यहाँको बित्थड चिर गाउँपालिकाले गाउँपालिका भित्र रहेका बिपन्न गरिब परिवारहरुलाई सोलार सेट बितरण गरेको छ । पुस्तौ देखि अध्यारोमा बस्न बाध्य भएका बिपन्न घर परिबारहरुले निशुल्क रुपमा गाउँपालिकाबाट सोलार पाएपछि खुशी भएका छन् ।
गाउँपालिका भित्र लघुजलबिद्युत निर्माण गर्नका लागी स्रोत तथा सम्भावना नभएकाले अधिकांश हुने खानेका घरधुरीमा सोलार पाता राखेको तर गरिब परिवारमा नभएका हुँदा त्यस्ता घरधुरीमा गाउँपालिकाले सोलार जडान गरेको हो । गाउँपालिका भित्रका असहाय बिपन्न गरिब परिवारको घरमा आर्थिक समस्याले सोलार जडान गर्न नसेको हुँदा त्यस्ता घरधुरि छनौट गरेर सोलार बितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराले बताए । उनले भने गाउँ घर तिर हामी जाँदा कसैका घर सोलारले झिलीमिली कसैका घर अध्यारो भएको देखेर गरिब र धनी सहजै चिनिने अबस्था देखिएको हुँदा गरिब घरधुरीहरुको मनोवल उच्च राख्न यो कार्यक्रम थालनी गरेका हाँै । गाउँपालिका र बैकल्पिक उर्जा प्रबर्धन केन्द्र खुमलटार ललितपुरको साँझेदारीमा गाउँपालिका भित्रका २ सय ७० घरधुरिमा सोलार बितरण गरेको छ ।
साथै गाउँपालिकाले स्थानीय बिध्यालय , मन्दिर , सामुदायिक भवनहरुमा पनि २६ सेट बितरण गरेको गाउँपालिका प्रबत्ता हर्क बहादुर धामीले बताउनुभयो । विपन्न घरधुरिलाई बितरण गरेका सोलार सेटहरु २० वाटका रहेका छन् । राती अरुका घर झिलिमिली भएको देख्दा आफु र केटा केटीहरुलाई साह्रै नमजा लाग्थ्यो बित्थड चिर गाउँपालिका ६ की एकल महिला रंगा देबी बिकले भनिन् । आफुले कमाएर सोलार राख्न सोचेकै थिएन् तर गाउँपालिकाबाट निशुल्क सोलार जडान गरि दिए पछि घरमा उज्यालो भएको छ । उनले भने सोलारको उज्यालोले घर झिलीमिली भएपछि छोरा छोरीहरु उत्साहित भएर पढाई लेखाईमा जोड दिन थालेका छन् ।

गाउँपालिका भित्र रहेका एक देखि ९ सम्मका प्रत्येक वडका २८ /२८ बिपन्न परिबार लाई सोलार सोट दिएको हो । प्रबत्ता धामीले भन्नेभयो सोलार बितरण कार्यक्रम हामीले लगभग सबै वडामा बितरण गरि सक्यौ अब केही वडा र सार्बजनिक संस्थामा जडान गर्न बाँकी छ । सोलारहरु भने सबै ल्याई सकेको गाउँपालिकाले जनाएको छ । सोलार बितरणका लागी गाउँपालिकाबाट १२ लाख रुपयाँ खर्च भएको छ भने अन्य बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले सहयोग गरेको छ । बित्थड चिर गाउँपालिकामा अन्य गाउँपालिका भन्दा सामाजिक क्षेत्रमा काम गरेका गाउँपालिका लगायत केही वडा अध्यक्षहरु भएकाले उनीहरुले गाउँपालिका भित्र विकास निर्माणका साथै अन्य गरिब बिपन्न परिबारहरुको दुख र समस्या समाधानका लागी जोड दिई रहेका छन् ।




















