विमा नै पाउदैनन् मलेसियामा


मलेसिया
नेपालीको श्रम गन्तव्य रहेको मलेसियामा पुग्ने नेपालीले समयमा विमा नपाउने गरेको गुनासो गरेका छन् । मलेसियामा रोजगार स्थलमै रहेको वेला घाइते भइ अपाङ्ग भए विमा नपाउने गरेको उनीहरुको गुनासो गरेका हुन् । मलक्काको पोल्ट्री फर्ममा कार्यरत अर्घाखाचीका रमेश वन्जाडे कार्यरत कम्पनीकै ट्याक्टरले ठक्कर दिदा घाइते वने । उपचार गर्न पटक पटक कम्पनी संग अनुरोध गर्दा पनि उनको उपचार हुन सकेन । नेपाली दुतावास मलेसियाको पहलमा वन्जाडे नेपाल त फर्किए तर उनले आज सम्म पनि विमा पाउन सकेनन् । हाल सम्म पनि विमाका लागी पहल गरे पनि उनले विमा पाउन सकेन्न । मकवानपुरका सोनाम तामाङ्गको पनि मलेसियामा मृत्यु भयो तर मलेसिया वाट उनको शव नेपाल फर्काए पनि उनको परिवारले विमा वापतको रकम पाउन सकेनन् ।
मलेसियामा काम गर्ने क्रममा मृत्यु वा अङ्गभङ्ग भए विमा पाउन झन्झटिलो भएकाले पिडित र उनका परिवारले विमा नपाउने गरेका हुन् । विमा प्राप्त गर्न पनि धेरै झन्झटिलो छ । भुक्तभोगी वताउछन् । मलेसियाका कम्पनीले त विमा वापतको रकम दिन नै मान्दैनन् । मलेसिया वाट विमा पाउन अक्कलझुक्कल मात्र हो भुक्तभोगीको कथन छ ।