मलेसियाका नेपाली श्रमीक भन्छन् एन. आर. एन. श्रमीक मैत्री छैन् ।

मलेसिया
गैर आवसीय नेपाली संघ मलेसियाको निर्वाचन नजिकीदै गर्दा नेपाली श्रमीकले भने मलेसियामा रहेको एन आर एन नेपाली श्रमीक मैत्री नभएको आरोप लगाएका छन् । गैर आवसिय नेपालीहरुको साझा संस्थाले मलेसियामा रहेर श्रम गरिरहेका नेपालीका मुद्धामा विषेश आवाज उठाउनु पर्नेमा सो गर्न नसकेको उनीहरुको आरोप रहेको छ । जोहरका तुलसी थापाका अनुसार नेपालीलाई समस्या पर्दा साथ दिनु पर्ने एन आर एनले सोचे जस्तो काम गर्न सकेको छैन् । उनी भन्छन्‘श्रमीकलाई आपत पर्दा पनि एन आर एनको सहयोग हुदैन ’।


“जे जस्तो भए पनि मलेसियामा एन आर एनले आज सम्म श्रमीकका पक्षमा कुनै उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ “



नेपाली श्रमीकको रोजगारीको केन्द्र रहेको मलेसियामा केहि संख्यामा नेपाली व्यापारी पनि रहेका छन् । मलेसियामा रहेर व्यापार गर्दै गरेकाहरु कै वोलावोल एन आर एनको मलेसिया समितीमा रहेको छ । मलेसियामा रहेका नेपाली मुलका केहि मलेसियन पनि एन आर एनमा आवद्ध रहेका छन् । नेपालीलाई आपत पर्दा सहयोग गर्नु पर्नेमा कुनै सहयोग नहुने नेपाली श्रमीकको आरोप रहेको छ ।
मलेसियाको एन आर एन का वर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेले नेपाली श्रमीक ठगी गरेको आरोप नै व्योहोर्नु प¥यो । केहि नेपाली श्रमीकले न्यौपानेको कम्पनीले श्रम शोषण गरेको आरोप लगाए । उनको सेक्युरेटी कम्पनीले समयमा तलव नदिएको देखी भिषा लगाउने वहानामा पैसा काटेको समेत आरोप लगाएका थिए । मलेसिया न्यौपानेले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन नै गर्नु प¥यो ।
त्यस्तै मलेसिया एन आर एन का पुर्व अध्यक्ष महेन्द्र जंग शाहलाई आइएसको सदस्य भएको आरोपमा मलेसिया वाट प्रहरीले नियन्त्रणमा मात्र लिएन नेपाल डिर्पाेट पनि गरेको थियो । पछि शाह मलेसिया पुगेर सवै षडयन्त्र तत्कालिन राजदुत निरन्जनमान सिंह वस्न्यातले गरेको आरोप लगाएका थिए । विवाद विच शाह पनि रहन सकेनन् ।
एन आर एन का उपाध्यक्ष रहेका भुवानी शंकर तिवारीलाई मलेसियाको अध्यागमनले अवौधानीक हैसियतमा रहेको नेपालीलाई अवौधानीक रुपमा नेपाल फर्काउन लागेको आरोपमा विमानस्थल वाटै नियन्त्रणमा लिएको थियो । गैर आवसीय नेपाली संघमा आवद्ध केहि नेपालीले श्रमीक प्रति गरेको व्यावाहारका कारण पनि धेरै नेपाली श्रमीकले एन आर एनलाई हेर्ने दृृष्टीकोण राम्रो वनाउन सकेको छैन् ।
जे जस्तो भए पनि मलेसियामा एन आर एनले आज सम्म श्रमीकका पक्षमा कुनै उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ । जसको कारण एन आर एन नेपाली श्रमीक विच प्रतिष्ठा गुमाउदै गएको देखिन्छ ।