कुवेतमा एकाबिहानै हृदयघातबाट एक नेपालीको निधन

कुवेत, जुन २६- कुवेतमा हृदयघातका कारण एक नेपाली कामदारको निधन भएको छ।

अल वाफ्रा रेडिमिक्स (Al Wafra Ready Mix)कम्पनिमा कार्यरत भक्तपुर नगरपालिका वडा नं ८ निवासी बिक्रम न्याइच्याइ (श्रेष्ठ) को आज बिहान निधन भएको हो ।

४५ बर्षिय बिक्रम झन्डै ९ महिनादेखी कुवेतमा कार्यरत थिए ।

ड्युटी जाने तयारीमा रहेका उनले साथीहरूलाई आफुलाइ छाती दुखेकोले काम गर्न नसक्ने भन्दै कम्पनिका सुपर्भाइजरलाइ भनिदिन आग्रह गरेका थिए ।

उनका सहकर्मीले सुपरभाइजरसम्म लिएर जाँदा सुपरभाइजरको कार्यालय ढोकामा नै बेहोस भएको बताइएको छ ।

उनलाई तत्काल फर्वानिया हस्पिटल लगिएको थियो । तर हस्पिटल पुर्‍याउँदा बिहान ५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

बिहान ४.४५ बजे बेहोस भएका बिक्रम न्याइच्याइको बेहोस भएको १५ मिनेटमै मृत्यु भएको थियो ।

मृतकको शव फर्वानिया अस्पतालमा रहेको बताइएको छ ।