अपहरणमा परेकी ६ बर्षीया बालिकालाई प्रहरीद्धारा उद्धार

रुपन्देही । प्रहरीले तिलोत्तमा नगरपालिका वडा नम्वर १२ बाट अस्ति साँझ अपहरणमा परेकी ६ बर्षीया बालिकालाई आज  बुटवलको एक होटलबाट उद्धार गरेको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्वर १२ का टेक बहादुर थापाकी छोरी ६ बर्षिय साबित्रीलाई अपहरण गरी बुटवल उप महानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा ऐण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा अपहरित साबित्रीलाई आज बिहान साढे ७ बजे फेला पारी उद्दार गरिएको र अपहरणकर्ता जयराम दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज बिहान प्रेस नोट जारी गर्दै अपहरणमा परेकी बालिकाको उद्धार गरेको जनाएको छ ।