दुई तिहाइको कानुनी तरबार

तरबारको काम रेट्नु हो, काट्नु हो र टुक्राटुक्रा पार्नु हो । धातुको तरबार र सत्ताको तरबारमा भिन्नता रहेन अब, धातुको तरबारले त च्वाट्टै काट्छ, काम तमाम । सत्ताको तरबारले त व्यक्ति, समाज, संस्कृति र राष्ट्रिय जीवनलाई छटपटी हुनेगरी बिस्तारै बिस्तारै काट्छ ।

कति निर्दयी हुन्छ सत्ताको तरबार । जनयुद्धले ठूलै सपना देखायो । खासगरी, आदिवासी जनजातिहरू सुखको स्वर्ग नै पाइन्छ भनेर हाम फाले । त्यो जनयुद्ध गएर जनआन्दोलनमा मिसियो र जनआन्दोलनले सफलता पनि पायो । जनआन्दोलन सफल पार्न घरघरबाट मानिसहरू सडकमा निस्किए । तिनै जनबलको तरबारले तत्कालीन आठदलले यसरी राजसत्तामााथि प्रहार गरे कि राजसत्ता रहेन, जनताको सत्ता स्थापित भयो ।

११ वैशाख २०६३ सालको त्यो परिवर्तनले अब सुखै सुख ल्याउनेछ भन्ने आशा आमनागरिकमा थियो, आप्mना राजनीतिक नेतृत्वमा भरोसा थियो । जनक्रान्तिको सफलतापछि जनताले शुभदिन र सुख क्षणको आशा गर्नु अस्वाभाविक थिएन ।

त्यसपछिका १३ वर्षमा जे भयो, नेतातन्त्र मात्र भयो र नेता तथा तिनका आसेपासे मात्र मोटाए । जनताका लागि वसन्त परिवर्तन भनेको कौवालाई बेल पाकेसरह मात्र हुन गयो । अािर्थकरूपमा तन्नम नेता तनखाले नपुगेर नीतिगतदेखि ठाडै भ्रष्टाचारमा मुछिन थाले । कमिसन र दलाली तिनको प्रमुख व्यापार हुन थाल्यो । राजनीति यसरी बाइफाला हुनपुग्यो कि, नगरवधुभन्दा बढी गनाउन थाले ।

न जनताको विश्वास कायम राख्न सके न जनताको भरोसा नै । आज केही गनाएको छ भने नगरपालिकाको फोहोरको कन्टेनरभन्दा बढी गनाएका छन् नेता र सरकारमा बस्नेहरू । कर्मचारीतन्त्र र दलालीदेखि सेटिङमा चल्ने माफिया अर्थात् असामाजिक तŒवहरू ।

सिंहदरबारको निधारमा लोकतन्त्रको साइनबोर्ड छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको साइनबोर्ड खुब चम्केको छ । यो चमक भ्रष्टाचारको जलप चम्केको हो । जो अधर्म बढी गर्छ, उसको नाम धर्मबहादुर भनेझैं सूर्य चिहृनधारी नेकपा उज्यालो होइन, जनताको आ“खामा भ्रमको कालो पर्दा हालिरहेको छ ।

२०७२ असोज ३ मा संविधानसभाकाट संविधान जारी भयो । त्यसपछि २०७४ मा भएको आमनिर्वाचनमा एमालेले बहुमत ल्यायो । माओवादी मिलेर नेकपा के बनेको थियो, त्यसमा फोरम र अन्य पार्टीको समर्थन मिसमास पारेपछि दुईतिहाइकै सरकार बन्यो । इतिहासमै सर्वशक्तिमान नेकपाको सरकार ।

नेकपा अर्थात् सर्वहाराको सरकार । जनताको सरकार । राष्ट्रिय सरकार । अब स्थिरता र स्थायित्व आयो । अब शान्ति, समृद्धि र सुखी नेपाल बन्ने भयो । विकासले गति लिनेछ । भिन्नै खालको उत्साहको सञ्चार हुनपुग्यो । तर, नेकपाको सरकार बलात्कारी र हत्यारालाई लुकाउन त्यो शक्ति खर्चिन पुग्यो । ३३ किलो सुन र सुनकाण्डमा मारिएका युवाको छानबिनलाई मत्थर पारिदियो । भ्रष्टाचार बेपत्ता बढेर जा“दा सरकारले कानुनी राज स्थापना गर्नतिर ध्यान दिएन । उल्टै न्यायाधीश भागबण्डामा नियुक्त गर्न थाल्यो । 

राष्ट्रिय प्राथमिकताका मेलम्ची लगायतका आयोजना हरिहस्सै हुन पुगे, ठेकेदारले मनलाग्दी गरेका मात्र होइनन्, दुई थान जहाज खरिद गर्दा साढे चार अर्ब ठूला पार्टी र कर्मचारी मिलेर हजम गरिदिए । महालेखाको रिपोर्टसमेत कारबाहीमा आउन सकेन । मन परेकालाई टपक्क टिपेर सांसद मनोनित गर्ने, मन्त्री बनाउने, राजदूतको जिम्मेवारी दिने, संवैधानिक निकायहरू बकसमा बा“ड्ने काम गर्न थालेपछि दुई तिहाइको सरकारले पाएको जिम्मेवारी न्याय, शान्ति र समृद्धि अब हुन सक्दैन भन्न सकिने स्थिति बन्दै गएको छ । योभन्दा डरलाग्दो दुईतिहाइ बहुमतको दुरुपयोग अरू के हुनसक्छ ?

जो सर्वशक्तिमान सार्वभौम जनता हुन्, निरीह पारिए, नागरिक अन्याय अनुभूत गर्न बाध्य भएका छन् । गृहमन्त्रीको आदेशमा विदेशीलाई वंशजको आधारमा नागरिकता वितरण थालिएपछि त राष्ट्र नै निरीह बन्न पुगेको छ । नेकपाको नेतृत्व वर्गलाई अहंकार यसरी बढेर गयो कि दुईतिहाइ छ, कसले के गर्ने ? जे गरे पनि हुन्छ भन्ने मानसिक रोगले ग्रस्त छ नेकपा । यसैको परिणतिमा आयो, मिडिया काउन्सिल विधेयक । आमसञ्चार नीति र गुठी विधेयक ।

अब मिडियालाई नियन्त्रण गर्नुपर्छ भन्ने नेकपालाई लाग्यो, स्वर्गद्वारीदेखि अन्य मठमन्दिरका हजारौं रोपनी जग्गामा मोहियानी लगाउने र मोहीले २५ प्रतिशत नगदमा जग्गा खरिद गर्न सकिने प्रावधान राखियो । साथै, कसैले पनि मन्दिर बनाउन नपाउने प्रावधान पनि त्यही विधेयकमा लेखियो । धर्मकर्म, जात्रा, पूजा, सामाजिक संस्थाका रूपमा रहेका निजी, राजगुठीलगायत समाप्त पारेपछि कम्युनिजम अघि बढ्छ भन्ने सांस्कृतिक क्रान्तिको सोचमा नेकपा अघि बढ्यो । 

यति गर्न सके ५० वर्ष कम्युनिस्टको शासन अकण्टकरूपमा अघि बढ्छ भन्ने भित्री मनसायमा विधेयक त आए, यी विधेयकलाई मिडिया र जनस्तरबाट अस्वीकार गरियो, अर्को जनआन्दोलनको मसाल जल्न थालेको छ । जसरी युनिभर्सल पिस फाउन्डेसनले नेकपाको सरकारलाई सुशासक भनेर एक करोडको प्रशंसा दियो, त्यही कोरियाको निजी विश्वविद्यालयले प्रधानमन्त्रीलाई डक्टरेट उपाधि दियो, यसपछि विश्लेषकहरूले लेखे, गुठी विधेयक होलीवाइनको करामत हो । नेपालमा इसाईकरण बढाउने जबरजस्त जाल हानिएको हो ।

यसरी कम्युनिस्टको कानुनी तरबार उठ्न त उठ्यो, चल्न सक्ने वातावरण खलबलिएको छ । दुई तिहाइको कानुनी तरबार भा“चिदा कम्युनिस्टको शासनसत्ता पनि भा“चिन सक्ने वातावरण निर्माण भइसकेको छ । जनतास“ग जोरी खोज्ने मनोवृत्ति परास्त हुने क्रममा छ । राष्ट्रस“ग जोरी खोज्ने र राष्ट्रलाई निरीह पारेर विदेशीलाई लुटाउने प्रवृत्ति पनि बढेर गएको छ । व्यक्ति बन्ने, समाज र राष्ट्रलाई बिगार्ने मनोवृत्तिका कारण नेकपा अलोकप्रिय बनिसक्यो । प्राविधिकरूपमा पाँच वर्षे जनादेश पाएको छ, जनादेश दिने शक्ति विरोधमा उत्रिसक्यो । एउटा लोकप्रिय पार्टी, नेता र सरकार डेढ वर्षमै कसरी शिखरबाट भुइँमा र भुइँबाट खाल्डामा खस्दो रहेछ, नेकपा यसको ज्वलन्त प्रमाण हो ।

सलामी त बाध्य भएर सेना प्रहरीले देलान्, जनता मलामी गइदिएनन् भने सत्तासीन हुनु सराप भएन र ? जनताको रगत चुस्ने, देश बेच्ने होइन, जनताको सेवक हु“, राष्ट्रको गौरव बढाउने काम गर्नुपर्छ भन्ने चेत नेताहरूमा कहिले आउने ? नेताहरूलाई चेतना रहोस्, महाभारतको एउटा घटनाबाट प्रेरणा मिलोस् ।

श्रीकृष्ण थिए र उनको चातुर्यका कारण दुर्योधनको वशमा परेर धृतराष्ट्रले अ“गालो मारेर भीमलाई कच्याककुचुक पारेर सिध्याउने रणनीतिलाई सफल हुन दिएनन् । श्रीकृष्णले फलामको भीम बनाएर अन्धा महाराज धृतराष्ट्रका सामु उभ्याइदिए, भीम बा“चे । नेपालका भीमहरू भारत, अमेरिका, चीनको कूटनीतिक कुटिल रणनीतिक अ“गालोमा पर्दै गएका छन् । सार्कको हत्या र इन्डो प्यासिफिकको सेन्टरमा नेपाल, धेरै अ“गालो मध्येका अ“गालो हुन् । यी नेपाललाई कच्याककुचुक पार्ने अभीष्टसहितको अ“गालोको खतराबाट बचाउने कुनै कृष्ण नेपाली राजनीतिमा उपस्थित छैनन् । राजनीति र कर्मचारीतन्त्र विदेशपरस्त, नागरिक समाजदेखि बुद्धिजीवीहरू पार्टीपरस्त, आमनागरिक छटपटीमा भएको अवस्थामा राष्ट्र खतरनाक भुँमरीमा फस्दै गएको छ ।

परिवर्तनका अगुवा भीमहरू भिमसेनपाती त बन्न सकेनन् सकेनन्, तितेपातीसम्म पनि भन्न पाइएन् । यति सुन्दर देश नेताहरूको दुष्टताका कारण असहज र असजिलो बन्दै गएको छ । कतै नेपाल अर्को काबुल वा कान्दाहार, इराक वा हैटी बन्ने त होइन ? संशयका काला बादलहरू बाक्लिन थालेका छन् । अर्जुन भनेर अंगीकार गरेका नेतृत्व वर्गमा असुर प्रवृत्तिले छोपेपछि देखिने अपराधै हो ।

नेपाल र नेपालीत्व बचाउन कि त चामत्कारिक कृष्णको अवतरण हुनुप¥यो, नभए आमनागरिक आफैँ श्रीकृष्ण बन्न हस्तक्षेपकारी बनेर सडकमा उत्रनु प¥यो । अन्यथा दुई तिहाइको कानुनी तरबार यसैगरी अन्धा धृतराष्ट्र बनेर चल्न दिने हो भने हामीले कति दिन हामी नेपाली हौँ भनेर देशको जयगान गाउन पाइएला ?