आयात कडाइ, निर्यात खुकुलो : इनर्जी ड्रिंक र प्लाष्टिक आयात पूर्ण प्रतिबन्ध

काठमाडौं । सरकारले व्यापारघाटा न्यूनीकरणका लागि आयातमा कडाइ गर्दै निर्यातमा सहजीकरण गर्ने भएको छ । जथाभावी आयातलाई निरुत्साहित गर्न आयात निर्यातको व्यवस्थापन गर्न लागिएको सरकारको भनाइ छ । जसअन्तर्गत कतिपय वस्तुको आयातमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ भने कतिपयमा परिमाणात्मक बन्देज लगाएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्लाष्टिक झोला र प्लाष्टिक सिट, क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी डिं«क) अर्थात् रेडबुल, प्रान लिची ड्रिकलगायत पेय पदार्थमा पूर्णरूपमा प्रतिबन्ध लगाइएकोे छ । प्लाटिकतर्फ २० माइक्रोनको सट्टा ३० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिक झोला तथा सिट आयातमा पूर्णरूपमा प्रतिबन्ध लगाएको हो । 

त्यस्तै भन्सार विन्दुमा आइपुग्दा उपभोग अवधि कम्तीमा ७५ प्रतिशत बाँकी रहेका उपभोग्य वस्तुमात्रै आयात गर्न पाइनेछ । तर जीवनरक्षक औषधिको हकमा भने औषधि व्यवस्था विभागको सिफारिशअनुसार हुनेछ । ताजा तरकारी तथा फलफूल आयात गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवननाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरिएको छ । 

त्यस्तै नेपाल राष्ट्र वैंकबाट स्वीकृत बैंकिङ प्रणालीबाहेक कसैले अमेरिकी डलर दुई हजारसम्मको वस्तु आयात गरेमा नेपाल राष्ट्र बैंकले सो को स्रोत अध्ययन गरी सिफारिश गरेको आधारमा शतप्रतिशत आयात दस्तुर लिई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातका लागि स्वीकृति दिन सक्नेछ । कुनै वस्तु निर्यात आयातका लागि पूर्ण वा आंशिकरूपमा बन्देज, नियन्त्रण वा नियमन गर्न आवश्यक भएमा सम्बन्धित निकायले लेखी पठाएको आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी त्यस्तो बन्देज, नियन्त्रण वा नियमनको आदेश जारी गर्न सक्नेछ । 

देशको आपूर्ति व्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी कुनै वस्तु कुनै सार्वजनिक संस्था वा निकाय वा प्रचलित कानुन बमोजिम दर्ता भएको कम्पनी वा संस्थाबाट आयात गर्ने गरी सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ । त्यसैगरी सूर्ति आयातमा पनि कडाइ गरेको छ । एक करोड रुपैयाँभन्दा बढी मूल्यको सूर्ति आयातमा १५ हजार रुपैयाँ इजाजत दस्तुर लाग्नेछ । यसअघि जतिसुकै मूल्यको सूर्ति आयात गरेपनि इजाजत दस्तुर १० रुपैयाँमात्रै लाग्ने गरेको थियो । 

इजाजतपत्र लिन नपर्ने भए तापनि वस्तु आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता सरंक्षण विभागबाट सिफारिश वा स्वीकृत लिँदासमेत सोही बमोजिमको दस्तुर लाग्नेछ । व्यक्तिगत प्रयोजनका लागि सोही प्रकरणमा विदेशमा कार्यरत नेपाली नागरिकले आर्जन गरेको परिवत्र्य विदेशी मुद्रा ४० प्रतिशतभन्दा बढी मूल्य वस्तु निर्यात गर्दा वा सोही प्रकरणको खण्ड ‘ख’ मा उल्लिखितभन्दा बढी वस्तुको आयात गरिने वस्तुको मूल्यको शतप्रतिशत इजाजत दस्तुर लाग्ने गरेकोमा अव भने त्यस्तो वस्तुको मूल्यको ५० प्रतिशतमात्रै इजाजत दस्तुर लाग्नेछ । 

व्यक्तिगत प्रयोजनका लागि सोही प्रकरणमा विदेशमा कार्यरत नेपाली नागरिकले आर्जन गरेको परिवत्र्य विदेशी मुद्रा ४० प्रतिशतभन्दा बढी मूल्य वस्तु निर्यात गर्दा वा सोही प्रकरणको खण्ड ‘ख’ मा उल्लिखितभन्दा बढी वस्तुको आयात गरिने वस्तुको मूल्यको शतप्रतिशत इजाजत दस्तुर लाग्ने गरेकोमा अव भने त्यस्तो वस्तुको मूल्यको ५० प्रतिशतमात्रै इजाजत दस्तुर लाग्ने भएको छ । 

त्यस्तै निर्यातमा यसअघि पूर्णरूपमा प्रतिबन्ध गरिएका वस्तुमा मादक तथा लागू पदार्थको सटटा मादक शब्द हटाइएको छ भने लागू औषध (नियन्त्रण) ऐन २०३३ मा परिभाषा गरिएअनुसारका लागू पदार्थ थप गरिएको छ । औद्योगिक मेसिनरी, पार्टपूर्जा तथा कच्चा पदार्थअन्तर्गत काँचो छाला(ड्राइ साल्टेडसमेत) निर्यात गर्न पाइने छैन तर वेट ब्लू छाला निर्यातमा निर्यातकर्ताले छाला निर्यातको परिमाणको न्यूनतम ३० प्रतिशत क्रस्ट वा पूर्ण प्रशोधित छाला वा छालाजन्य वस्तु सोही आर्थिक वर्षमा निर्यात गर्नसक्नेछ । 

उक्त प्रयोजनका लागि प्रथम तहको छालाको मोटाइका आधारमा तयार हुने अन्य तहलाई समेत एक तह मानी निर्यात गर्न सकिनेछ । त्यस्तै भ्mयाउ निर्यातअन्तर्गत प्रशोधनविना र सम्बन्धित निकायको स्वीकृतिविना निर्यात गर्न नपाइने व्यवस्था रहेकोमा वनस्पति विभागको सिफारिशका आधारमा वन तथा भू–संरक्षण विभागको स्वीकृतिमा निर्यात गर्न पाइनेछ । त्यसैगरी निर्याततर्फ चामल निर्यातमा परिमाणात्मक बन्देज लाग्दै आएको केही खुकुलो बनाइएको छ । 

हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने स्थानीय मौलिक प्रजातिका चामल सम्बन्धित निकायको सिफारिशमा निर्यात गर्न सकिनेछ भने रहर दालको निर्यात पनि खुला गरिएको छ । त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्वीकृतिमा पर्वतारोहण दल वा अध्ययन वा अनुसन्धान दलले आयात गर्ने मालवस्तु सम्बन्धित मन्त्रालयको सिफारिशमा मात्रै आयात गर्न पाइनेछ । 

नेपालको वाटो गरी पुनः अन्य मुलुकमा निर्यात गर्ने र नेपालको वाटो पुनःआफ्नो देशमा फिर्ता लैजाने वस्तुका लागि पनि विभागको स्वीकृतिमा ट्रान्जिट सुविधा उपलब्ध गराइनेछ । यस्तो सुविधा सम्बन्धित मन्त्रालयको सिफारिसमा पर्वतारोहण दलका लागिमात्र दिइने उल्लेख छ । नेपाल राष्ट्र बैंकबाट निर्यात, आयात सम्बन्धमा प्रचलित कानुन तथा नयाँ व्यवस्थासँग नबाझिने गरी जारी भएको विदेशी विनिमयसँग सम्बन्धित आदेश तथा मौद्रिक नीतिअनुसार जारी भएको सूचनाका हकमा भने सोहीअनुसार हुनेछ । पछिल्लो व्यवस्था आयात निर्यातमा कडाइ नभई व्यवस्थापन गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नयाँ व्यवस्थाले आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धनमा महŒवपूर्ण भूमिका खेल्नसक्ने मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताएका छन् ।