बार्सिलोना । युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय मंगलबार भेटवार्ता भएको छ ।
मेलेसँग मंगलबार दिउँसो लन्डनमा प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरेका छन् ।
१७ वर्ष पछि नेपालका प्रधानमन्त्रीले गरेको पहिलो बेलायत भ्रमणका क्रममा ब्रिटिस गोर्खा सेनाका मुद्दामा समेत छलफल भएको छ ।

प्रधानमन्त्री ओलीसँग बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकले भेट गरी निवृत्तिभरण आदि विषयमा भेदभाव भएको भन्दै गुनासो गरेका थिए ।




















