काठमाडौं । चर्चित भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्सु को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल ९टप ६० मा पर्न सफल भएका छन् ।
टप ९ का अन्य सहभागीलाई उछिन्दै दुवै फाइनलमा पुगेका हुन् । उनीहरूसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन् । अब उनीहरूको फाइनल नतिजा आगामी शनिबारको पर्फर्मेन्सबाट निर्धारण हुनेछ ।
प्रतियोगितामा भारतभरिका कुल २० हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै उनीहरू फाइनलको यस चरणमा पुगेका हुन् । सेमिफाइनल पर्फपमेन्समा प्रितमले सलमान खान र ऐश्वर्या राय अभिनीत फÞिल्म ‘हम दिल दे चुके सनम’बाट इस्माइल दरबार को संगीत रहेको र केकेले गाएको ‘तड़प तड़प के इस दिलमे’ भन्ने गीत गाएका थिए भने आयुषले ‘क्रिमिनल’ फÞल्मीको कुमार सानुले गाएको ‘तुम मिले दिल खिले’ भन्ने गीत गाएका थिए ।
कार्यक्रममा जजहरू गायकद्वय शान र अमाल मलिक तथा गायिका रिचा शर्मा एवं अतिथि गायकर संगीतकार आनन्दराज आनन्दलगायत १२ जुरी मेम्बरले ठूलो प्रशंसा गर्दै दुवैलाई स्टेजमा पुगि उचालेको दृश्य आफैंमा रोमाञ्चित हुने खालको थियो । ‘कलिङ राउण्ड’ अनि ‘मेगा अडिसन’ राउण्ड हुँदै उनीहरू टप ११, टप ९ ९सेमिफाइनल हुँदै अब फाइनलसम्मको यात्रा तय गर्न सफल भएका हुन् ।



















