धुम ४ मा साहरूख ?

मुम्बई  । बलिउड स्टार साहरूख खानले चलचित्र ‘धुम ४’मा काम गर्ने चर्चा चल्न थालेको छ । साहरूखलाई यशराज ब्यानरले हिट चलचित्रको सिरिजमा काम गर्न अफर गरेको खबर भारतीय मिडियामा उल्लेख छ । तर, खानले हालसम्म चलचित्रमा काम गर्ने वा नगर्ने विषयमा जवाफ दिएका छैनन् ।

साहरूखले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, अब बम्पर कमब्याकको प्रतिक्षामा छन् । यसका लागि, साहरूख खानले समय पर्खिरहेका छन् । साहरूखले चलचित्र ‘जिरो’बाट गरेको अपेक्षा असफल भएपछि एउटा बायोपिक चलचित्रमा काम गरेनन् । यसपछि, उनले थुप्रै चलचित्रमा काम गर्ने खबर सार्वजनिक भए पनि उनले काम भने गरेका छैनन् ।

साहरूखले यो चलचित्रमा भिलेनको रूपमा आफूलाई प्रस्तुत गर्नेछन् । चलचित्रमा अभिषेक बच्चन र उदय चोपडा पनि हुनेछन् । चलचित्र नयाँ निर्देशकले निर्देशन गर्ने बताइएको छ ।