बिन्ति नजाऊ विदेश

नछोड धर्ती नहटाउ पाऊ ।

फल्नेछ यहि ऐश्वर्य कमाऊ ।।

यो धर्ती फुटाई हेर एक बार ।

नजाऊ छोडी घर परिवार ।।

यही जन्मे बुद्ध जानकी माता ।

नछोड आज बृद्ध माता पिता ।।

छरेर ज्योति ज्ञानको उज्यालो ।

जन्मभूमिमै कर्म गर्नु हुन्छ शुभलो ।।

हरिया छन् डाँडा पहाडका फल ।

कलकल बगेका खोला नदिनाला ।।

लस्करी मिलेका दन्तै देखाई ।

हाँसेका हिमाल गुराँसै फिँजाइ ।।

छड़्छड़् छहरा बग्दै आए तराई ।

सुकेका फाँटलाई हरियै बनाई ।।

नजाऊ  अन्त परदेश देख्न पाइदैन् ।

यो जस्तो सुन्दर भूमि टेक्न पाइदैन् ।।

म त बिन्ति गर्छु यी पहाडसंग ।

हिमालपारीका कञ्चनजंगासंग ।।

तराईका हराभरा फाँटहरू उस्तै ।

नहराउनु तिमी देशविदेश कुद्दै ।।