काठमाडौं । सरकारले सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाउने भएको छ ।
बुधबार अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गरिने बताउँदै यस कार्यका लागि १९ अर्ब १८ करोड विनियोजन गरिएको बताए ।
सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने भएको छ । यस्तै सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने भएको हो ।
यसका सथै मध्यपहाडी लोकमार्गका लागि १३ अर्ब २० करोड र हुलाकी राजमार्गको लागि १३ अर्ब ५३ करोड विनियोजन गरिएको छ।



















