आमाद्वारा छोराको हत्या

भोजपुर । यहाँ एक आमाले आफ्ना तीनवर्षीय छोराको हत्या गरेकी छन् । रामप्रसाद राई गाउँपालिका, बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झनाले  छोरा सम्बोधनको हत्या गरेको प्रहरीले जनाएको छ ।

  स्थानीयवासीले अभियुक्त थापाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।  पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तलामा छोराको हत्या गरेको बताइएको छ । 

रासस