हेल्प मधेशी साउदी अरब ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा इफ्तार को आयोजना गरेको छ ।
साउदी अरबको पुर्बी क्षेत्र स्थित दमाम,सेकेन्ड सनैयामा १७ मे,शुक्रबारका दिन आयोजित कार्यक्रममा हेल्प मधेशी,साउदी अरबका अध्यक्ष कमल देब साह,केन्द्रीय संरक्षक बिरेन्द्र कुमार कथबनिया, प्रथम उपाध्यक्ष राम दुलार मण्डल,तृतीय उपाध्यक्ष-फिरोज राइन, महासचिव श्याम कुमार महतो, कोषाध्यक्ष उमेश यादव, केन्द्रीय सल्लाहकार राम ललित यादव, अशेश्वोर यादव साथै बाक्लो संख्यामा मुस्लिम लगायत गैर मुस्लिम नेपालीहरुको उपश्तिती रहेको जनाइएको छ।
एनए मिडिया संग कुराकानी गर्दै हेल्प मधेसी साउदी अरबका महासचिब श्याम कुमार महतो ले आपसी भाईचारा अभिबृद्धि हेतु संस्था ले इफ्तारी को आयोजना गरेको जनाएका छन ।संस्था ले सामाजिक कार्य को साथै सांस्कृतिक पर्ब र परम्परामा समान रुपमा सबै लाई समेटेर अघि बढ्ने गरेको समेत महतो ले जनाएका छन ।




















