राजन कार्कीको ‘माई ग्रेटर नेपाल’ सार्वजनिक

काठमाडौं । पत्रकार तथा लेखक राजन कार्कीको सम्पादनमा प्रकाशित अंग्रेजी भाषाको पुस्तक ‘माई ग्रेटर नेपाल’ सार्वजनिक भएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पुस्तकका दसैजना लेखक तथा समीक्षकहरूले पुस्तकको विमोचन गरेका हुन् । 

पुस्तकमा राजन कार्कीका अतिरिक्त भरत दाहाल, बुद्धिनारायण श्रेष्ठ, नरेन्द्रप्रसाद उपाध्याय, डा. शास्त्रदत्त पन्त, प्रेमसागर पौडेल, रत्नसंसार श्रेष्ठ, दीर्घराज प्रसाई, वसन्त खडका तथा साध्यबहादुर भण्डारीका लेख संग्रहित छन् । 

कार्यक्रममा प्राडा सुरेन्द्र केसी तथा पूर्व जरनल डा. प्रेमसिंह बस्न्यातले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए