पोष्टरमा कुम्भकरण

चलचित्र ‘कुम्भकरण’को पोष्टरसँग प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको सार्वजनिक दुई पोष्टरमा अभिनेता गौरव पहाडीसँगै भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाई पनि प्रस्तुत गरिएको छ । 

पोष्टरमा देखाइएअनुसार नायिका निशा अधिकारी शिक्षिकाको रूपमा प्रस्तुत भएकी छिन भने गौरव पहाडी पनि शिक्षककै रूपमा देखाइएको छ । यस्तै चलचित्रको प्रदर्शन मित आउँदो जेठ महिनाको १७ गतेलाई तय गरिएको छ । 

चलचित्रको ‘कुटु कुटु’ बोलको गीत यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा चलचित्रको मुख्य कलाकार नायिका निशा अधिकारी र गौरव पहाडीलाई फिचर गरिएको थियो । सस्पेन्स कमेडी र प्रेम कथामा आधारित यस चलचित्रमा दीपक ओलीको निर्देशन रहेको छ भने चलचित्रमा महेश दवाडीको पटकथा सम्वाद छ ।

चलचित्रमा नायिका निशा अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरि, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री र सुधव थापाको अभिनय छ । चित्रबहादुर घर्तीमगर र क्षीतिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सहनिर्माताको रूपमा गिरप्रसाद घर्तीमगर र विजय श्रेठको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) छन् । 

चलचित्रमा गोविन्द मधुर आचार्यको संगीत, कोरियोग्राफीमा सुनिल बसेल छन् । चलचित्र हरि घले लामाले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठको छ ।