काठमाडौं । सिभिल इन्जिनियरिङ सकेर बसेका किशोर न्यौपाने हाल कपाल काट्ने व्यवसाय तर्फ आकर्षित भएका छन् । ‘हाम्रो कपाल राम्रो कपाल’ भन्ने नाराका साथ कपाल काट्ने व्यवसायलाई आफ्नो आम्दानीको स्रोत बनाउन उनी लागी परिरहेका छन् ।
न्यौपानेले दश बर्ष अघि सिभिल इन्जिनियरिङ गरेका हुन् । उनी त्यो समयमा ४ लाख लगानी गरेर सिभिल इन्जिनियर बने । पढेको शिक्षाले जीवन सहज रुपमा अगाडि बढाउन नसक्ने भएपछि यो व्यवसाय तर्फ उनी लागेका हुन् । आजकल युवावर्गको आकर्षण हेयर स्टाइलमा बढ्दो छ । आवश्यकता अनुसार केटाहरुको कपाल काट्ने सैलुनको संख्या कम छ । भएकाहरु मध्ये पनि कोही अधिक मूल्य तिर्नुपर्ने महंगा त कोही सेवाग्राहीको स्वास्थ्यलाई असर पुर्याउन उद्धत खालका छन् । पुराना काठको बेच्च र सयौ पटक प्रयोग गरिएका रुमाल, काइयोको प्रयोग अब गर्नुहुन्न भन्ने योजनाले यस व्यवसाय तर्फ लागि परेको उनले बताए । न्यौपानेले दुई महिना अघि उक्त व्यवसाय सुरु गरेको हुन् ।
उनले दुई महिना अघि खोलिएको सैलुनबाट क्षणिक समयमैे राम्रो आम्दानी आउन थालेपछि कोटेश्वरमा दोस्रो शाखा खोलेका हुन् ।
शनिबार दोस्रो शाखाको उद्घाटन नेपाली चर्चित कलाकार दिपिका प्रसाईले गरिन ।
न्यौपानेले भने, ‘थोरै पैसामा सफा स्थानमा कपाल काट्ने उचित स्थानको अहिले पनि अभाव छ । धेरै पैंसा तिरेर मल तिर जान सक्ने सबैको हैसियत हुँदैन । अलि थोरै मुल्य लिने सैलुनमा पुरानै कैची, पुरानो मैलो रुमाल प्रयोग गरिन्छ । ’ उनले भने ।
मुल्य तिरे अनुसारको सेवा सुविधा आफैले पनि नपाएका कारण यस व्यवसायमा आकर्षित भएको उनको भनाइ थियो । उनले आम जनताको लागि सहज हुने र थोरै पैंसामा राम्रो सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवसाय सुरु गरेको जानकारी दिए ।
उनका अनुसार सैलुन व्यवसायमा उनी एक्लैको लगानी छैन । एमविए सकेर बसेका बुद्धराज भट्टराईको पनि लगानी भएको उनले बताए । उनले भने, ‘प्राय कपाल काट्ने पसलहरु कुनै पनि दर्ता गराएका हुँदैनन. । तर, हामीले सरकारबाट मान्यता पाएका छौ ।’ विदेशमा गएर धेरै दुख गर्नुको सट्टा यहिँ बसेर आन्दानी हुने व्यवसाय गरी केही व्यक्तिलाई रोजगारी दिन सफल भएमा खुशी भएको उनीहरुले बताए ।
अन्य सैलुन भन्दा गुणस्तर, सफा र सस्तोमा आम जनतालाई सेवा दिने उद्देश्य रहेको बताउँदै कपाल काटेको १०० रुपैंया देखि ५ सय सम्म राखिएको उनले जानकारी दिए ।
उनले यो भन्दा अघि जडिबुटिमा ७ लाख लगानीमा पहिलो स्टाइलिस खोलेका थिए । उक्त स्टाइलिसमा ३ जना स्टाफ राखिएको छ । सेवाग्राहीको चापलाई मध्य नजर गदैै शनिवार भने ४ जनाले सेवा दिने गरिएको जानकारी दिए ।
यस सैलुनमा युवावर्ग मात्र नभएर बच्चा देखि बुढासम्म कपाल काट्न आउनले उलने बताए । पहिलो सैलुनबाट राम्रो प्रतिक्रिया पाएका कारण दोस्रो शाखा खेल्न सफल भएको बताए ।
अबको केही समय पछि पुनः अर्को ठाउँमा शाखा विस्तार गर्ने सोचमा रहेको उनले जानकारी दिए ।
विदेशी भूमिमा मात्र पैंसा कमाउन सकिन्छ भन्नेहरुको लागि नेपालमै केही गर्न सकिन्छ भनेर यस पेसा प्रति आकर्षित भएको उनले बताए । उनले भने, ‘इन्जिनियर पढेका व्यक्तिले पनि जुनसुकै काम गर्न हुन्छ भन्ने सन्दैश जाओस् । पढेको अनुसार नै काम गर्नुपर्छ भन्ने मान्यता नहोस् । बैदेशिक रोजगारलाई मात्र मान्यता नदिई युवावर्गको ध्यान आफ्नै देशमा केही गर्छु भन्ने योजनाहरु पलायोस् ।’ उनले भने ।


















