जोहोरबारूमा मालिकको कुटपिट पछि एक नेपाली बेपत्ता छानबिनका लागि NRNA जोहोरले राजदूतलाई पत्राचार

जोहोरबरू मलेसिया – मलेसियाको जोहोर बारु मा रहेको global  guard service(सिक्युरिटी ) कम्पनीको मालिकले आफ्नै नेपाली कामदार जगत गन्धर्व लाई कुटपिट गरि बेपत्ता गरेको खुलासा गरेको छ ।

बेपत्ता भएका गन्धर्व  गोरखा जिल्ला क्षेत्र नम्बर 2 पालुङ्गटार ठाँटिपोखरी 5 निवासी राम बहादुर गन्धर्व का नाति डम्बर बहादुर गन्धर्व का छोरा जगत गन्धर्व पासपोर्ट न. 09712215 मलेसिया को जोहोर बारु मा रहेको Global guards and services (सिक्युरिटी ) कम्पनीमा काम गर्दै आएको र सन् 04 मार्च  2019 बेलुका लामो समय डिउटी गरेर फर्किएका उनि 5 तरिख बिहानको समय डिउटी मा हाजिर नहुदा उनलाई सम्बन्धित कम्पनीको (boss) अर्थात मुख्य दुई जना मान्छे हरु उनि सुतिरहेको होस्टेलमा गएर जगत गन्धर्व लाई समातेर उनको संबेदनसिल अंग मा हानेर मुख बाट रगत आउने गरि कुटपिट गरि खाली खुट्टा आफ्नै गाडीमा हालेर लगेको उसको साथीहरूले बताउनु भयो । सोही दिन देखि नेपालमा परिवारको र  साथीहरू कोहि कसैको सम्पर्कमा नआएको र त्यो दिन देखि सम्पर्क बिहिन अवस्थामा रहेको उसका साथीहरू ले बताएको छ ।

बेपत्ता जगत गन्धर्व

बेपत्ता जगत गन्धर्वको बारेमा आवश्यक छानबिन गरि उद्धारका लागि गैर आवासीय नेपाली संघ एनआरएनए जोहोरले नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया लाई पत्राचार गरेको एनआरएनए जोहोरका सचीव अर्जुन सिहं ठकुरीले जानकारी दिनु भएको छ ।

NRNA जोहोरले राजदूतका लागि लेखिएको पत्र