बैतडीका बिरेन्द्र साहुदको मलेसियामा संकास्पद मृत्यु ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

मलेसिया जोहोर बारु स्थित जोहोर जया मा रहेको ब्रोडल्याण्ड गार्मेण्ट कम्पनी मा काम ५ बर्ष देखि काम गर्दै आएका बिरेन्द्र साउदको रहस्यमय मृत्यु भएको छ ।

सधै झै बिहान कम्पनीमा कामको लागि गएका बिरेन्द्र करीब २ घण्टा काम गरेर कोठा फर्किएका उनी आफ्नै कोठामा मृत अबस्थामा फेला परेका थिए। मृतक को सब पोस्टमार्टम को लागि जोहोर बारुको सुल्तान हस्पिटलमा राखिएको छ।

मृत अबस्थामा फेलापरेका बिरेन्द्र को घाटिमा मोबाइलको चार्जर बेरिएको र जमीन को सतहमा बसिरहेको जस्तो देखिएकाले उन्को संखास्पद मृत्यु भएको अनुमान सबैले लगाएका छन ।

मृतक बिरेन्द्रको परिवार मा उनकि श्रीमती एक छोरा र एक छोरी भाइ र बुवा रहेका छ्न।