तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
शेर्पा किदुग मलेसियाको गत आइतबार बसेको छलफलका कार्यक्रमले नयाँ कार्यसमिति तय गरेको छ । निबर्तमान कार्यकारी अध्यक्ष तेन्जी शेर्पा स्वदेश फर्किने भए लगत्तै संस्था ले नयाँ कार्यसमिति गठन गरेको छ।
आइतबार बसेको बैठक बाट सर्बसहमत मिङमा लामा शेर्पा लाई अध्यक्ष पदमा मनोनित गरेको छ। अध्यक्ष शेर्पा पहिलेनै सस्थाका वरिष्ठ उपाध्यक्ष पदभार लिइसकेका थिए। समिति मा क्रमश वरिष्ठ उपाध्यक्ष आङ फुर्बा शेर्पा ,महासचिव मा पेम तेन्जी शेर्पा कोषअध्यक्ष आङ निमा शेर्पा र महिला उपाध्यक्ष Yangdu शेर्पा लगाएत अन्य थुप्रै सदस्य रहनेगरी कार्यसमिति गठन गरेको हो।
कार्यक्रमका बिच बोल्दै बिगतमा भएका कमि कमजोरी लाई सङ्लाउदै सस्थालाइ थप मर्यादित र कृयासिल गराउन आफू कटिबद्ध लागिपर्ने प्रतिबद्धता जनाउदै अध्यक्ष मिङमा लामा लगायत सबैले शेर्पा ले कार्यअवदी सकिएर स्वदेश फर्कनुहुने भएका शेर्पा किदुग मलेशियाका पुर्ब अध्यक्ष तेन्जी शेर्पा, पुर्ब महासचिव तेम्बा शेर्पा र महिला उपाध्यक्ष याङ्जी शेर्पा लाई बिदाइ समेत गरेका थिए।



















