रुकुम खोलागाँउ चौफाका लोकेन्द्र केशी मलेसिया बाट साथीहरूको पैसा लिएर फरार ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

रुकुम खोलागाँउ चौफाका लोकेन्द्र केशी सहकर्मी साथीहरू बाट पैसा लिएर मलेसिया बाट फरार भएका छन।

आफू संगै काम गर्ने साथीहरू बाट विभिन्न बहानामा पैसा लिएका लोकेन्द्र केसि एतिबेला हप्ता दीन देखी साथीहरू सङ सम्पर्क बिहिन भएका छन ।

मलेसियाको मसाई सिरियालाम मा रहेको रेजा सेकुरेटी गार्डको रुपमा काम गर्दै आएका केशी सल्यान त्रीबेनी गाउँपालिका १ का प्रदीप भण्डारि सहित का साथीहरू बाट लगभग मलेसिया रिङ्गेट २० हजार नगद लिएर सम्पर्क बिहिन भैदिदा महिना भरिदुख गरेर कमाएको पैसा फिर्ता नहुने भयो भन्दै गौनासो गरे ।

अन्तिम पटकको सम्बादमा केशी आफू नेपाल फर्किसकेको बताएका थिए तर अहिले उनको परिवार सङ सम्पर्क गर्दा परिवार सङ सम्पर्क नभएको परिवारका सदस्य हरुले बताएको पिडित माध्यका प्रदिप भण्डारिले बताए।

उनी जस्तोसुकै समस्यामा जहाँ रहेता पनि सम्पर्कमा आएर कुरा गरिदिए मात्रै पनि आफुहरुले लिनुपर्ने रकम बिस्तारै फिर्ता गराउदापनी हुने थियोे भन्ने गुनासो गरिरहेका भण्डारि आफुहरु ले जस्तै कसैले बिश्वास कै आधारमा आर्थिक कारोबार नगरी आधार प्रमाण राखेर मात्रै लेन्देन गर्न लाई अनुरोध गर्छन् ।