प्रदीपको पिता बन्न राजेशलाई अफर

काठमाडौं । नेपाली चलचित्रक्षेत्रका लोकप्रिय अभिनेता राजेश हमाललाई अहिलेका युवास्टार प्रदीप खड्काको चलचित्रमा पिता बन्नका लागि अफर गरिएको छ । पछिल्लो समय चलचित्रमा खासै नदेखिने राजेशलाई चलचित्र ‘प्रेमगीत ३’ मा अभिभावक बन्नका लागि निर्माण टिमले अफर गरेको हो । तर अभिनेता राजेशलाई कुरा राखे पनि सम्झौता भने भइसकेको छैन । चलचित्रका निर्माता सन्तोष सेन र नायक प्रदीपले राजेशलाई भेटेर औपचारिक कुराकानी गरिसकेको बताइएको छ । राजेशले चलचित्रमा काम गर्छन् या गर्दैनन् भन्ने विषयमा केही दिनमा जानकारी हुने बताइएको छ ।